alliance khabar

मंगलबार, साउन १३, २०८२

काठमाडौँ, साउन १३ गते ।

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई वारेस अनुमति नदिएको हो । विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई आठदेखि १० वर्षसम्म कैद सजाय हुने कसुरमा मुद्दा चलाएकोले फौजदारी कार्यविधिसंहिताको व्यवस्था अनुसार वारेस अनुमति दिन नमिल्ने आदेश गरेको हो । वारेस अनुमति अस्वीकृत भएसँगै तारिखमा नेपाल अब स्वयम् उपस्थित हुनुपर्ने छ ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने अभियोग दाबी लिइएकाले प्रचलित कानुन अनुसार उक्त अनुमति दिन नमिल्ने अदालतको आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, “यी प्रतिवादीलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ९५ (१) को खण्ड (क) को व्यवस्था अनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन ।” पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध जेठ २२ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल