काठमाडौँ, असोज ३० गते। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, पूर्वअध्यक्ष खिलानाथ दाहाल र केन्द्रीय सदस्य सीतादेवी काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसको श्रमिक क्लस्टरतर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । कांग्रेसको विधान अनुसार श्रमिक क्लस्टरतर्फ खुला दुई र महिला एक गरि ३ पदको व्यवस्था […]
रसुवा, असोज २७ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ । रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफ्रुबेँसी पुग्नुभएका उहाँले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढीजस्ता विपद्को सामना गर्नुपरेको उल्लेख […]
काठमाडौँ, असोज २६ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी हुनुभएको छ । महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला […]
काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो। महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी […]
काठमाडौँ, असोज २१ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ । उपसभाति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएपछि उपसभाति शर्माले कांग्रेसको बन्दसत्रलाई […]
काठमाडौँ, असोज २१ गते । सार्वजनिक जीवन यात्राको २५ औँ वर्षगाँठ मनाइरहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गर्नुभएको छ । गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहनुभएको छ । प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल […]
काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या सात हजार […]
काठमाडौँ, असोज १९ गते । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गर्नुभएको संशोधित विधान पारित गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ । विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र […]
काठमाडौं, असोज १८ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटनसत्रमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो […]
काठमाडौं, असोज १८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु भएको छ । संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उहाँले बताउनु भएको हो । लोकतन्त्रमा जनताको आवाज बन्द गर्न नमिल्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन […]