alliance khabar

बिहिबार, साउन १५, २०८२

बाजुरा, साउन १५  गते ।

स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ ।

यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने चिन्तामा परेका छन् । असारदेखि भदौसम्म मार्तडी–कोल्टी सडक सधै अवरुद्ध हुने गरेकाले स्याउ बजारमा ढुवानी गर्न सधै समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब बारीमा स्याउ पाक्ने बेला भयो । गाउँमा बजार छैन । स्याउ टाढा लैजाऊ यहाँको मार्तडी–कोल्टी सडक अहिले नै अवरुद्ध बन्दै गएको छ ।” समयमै यो सडक सुचारु भएन भने विगतका वर्षझैं यो वर्षमा पनि स्याउ बजारमा स्याउ कसरी लैजाने भन्ने अहिले नै चिन्ता लागेको रावतले बताउनुभयो ।

हिमाली १८, स्वामिकार्तिक ३५,  जगनाथमा ४५,  बुढीनन्दामा ५०,  खप्तड छेडेदहमा–१, बुढीगङ्गा नगरपालिका–१ गरी एक सय पचास परिवारले स्याउ खेती गर्दैआएका छन् । यता गौमुल गाउँपालिकामा एक समूहमार्फत स्याउ खेती सुरु गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा यहाँ एक हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

झण्डै  पाँच सय पन्ध्र क्विन्टल स्याउ बाहिर गएको थियो । यहाँ किसानले झण्डै ७० देखि ८० लाखभन्दा बढी रुपियाँ यहाँका आम्दानी गरेका थिए । बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ चार सय दस हेक्टर जमिनमा स्याउ रोपिएको छ ।

त्योमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । यता २०७८ सालको असारमै काम सम्पन्न गर्नेगरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन् ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जेभी प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भए पनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक अझ पिच भएको छैन् । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय सधै यसरी आवत–जावतमा सास्ती खेप्नु परेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन् । जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल