माओवादी केन्द्रको ‘कर्णाली कोरिडोर अभियान’ सुरु

हुम्ला, जेठ २ गते  । नेकपा (माओवादी केन्द्र) को हुम्ला जागरण तथा समाजवादका लागि कर्णाली कोरिडोर अभियान बिहीबारबाट सुरु भएको छ । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीबाट उद्घाटन गरेर अभियान सुरु भएको हो । अभियान सबै गाउँपालिका समेट्ने गरी सुरु भएको नेकपा (माओवादी केन्द्र) हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले बताउनुभयो । कर्णाली कोरिडोर अभियान २०८२ यस अभियानमा […]

अस्पतालमा निरीक्षण

लमजुङ, जेठ १ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सदरमुकाम बँेसीसहरस्थित प्रदेश अस्पताल लमजुङको बुधबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिई अस्पताल पुगेका मन्त्री पाठकले बिरामी र बिरामीका आफन्तसँग उपचार सेवा, समस्या र सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी लिनुभएको हो । मन्त्री पाठकले बिरामी तथा बिरामी कुरुवासँग चिकित्सक, […]

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

लुम्बिनी वैशाख ३१ गते । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हँुदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश […]

२०८२ वैशाख ३१ गते – 14, May, 2025, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यवसायिक काममा पनि केही चुनौती देखा पर्न […]

आजको संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौँ,  वैशाख ३० गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी […]

शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

गाजा सिटी, वैशाख २९ गते । हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ । सोही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी सैन्य कारबाहीलाई अझ सघन बनाउने योजना रहेको स्पष्ट गर्नुभएको छ । हमासले आइतवार जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिने

काठमाडौँ, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्धन गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले […]

स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

काठमाडौँ, वैशाख २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा […]

बेथिति अन्त्य गर्न सूचनाको हक

माननीय मन्त्री, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरू, उपस्थित महिला तथा सज्जनवृन्द ! नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सङ्घर्ष, त्याग र बलिदानका कारण प्राप्त मौलिक हकमध्ये अति महìवपूर्ण मानिएको सूचनाको हकको प्रवर्धन र संवर्धनका लागि स्थापित राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा म  आयोग परिवार र सम्पूर्ण नेपाली दिदीबहिनी […]

नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा

काठमाडौं, वैशाख २२ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै यस्तो विचार व्यक्त गर्नुभएको हो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल