alliance khabar

बुधबार, साउन १४, २०८२

चितवन, असार १४ गते ।

चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाका सात पालिकामा बाढी र पहिरोको जोखिममा २५ हजारभन्दा धेरै घरपरिवार रहेको बताउनुभयो । जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ ।

उहाँका अनुसार बाढीका कारण सबैभन्दा बढी पूर्वी चितवनमा रहेको राप्ती नगरपालिका परेको छ । यस पालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक विवरण छ ।

कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीन सय २० परिवारका एक हजार ६००, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका छ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बाढीका कारण हुन सक्ने घटनालाई दृष्टिगत गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको पौडेलले बताउनुभयो । बाढीको जोखिममा रहेका नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, उद्धार सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

जिल्लामा नारायणी नदी, त्रिशूली नदी, राप्ती, लोथर, रिउखोला, कयर खोलाले जोखिम निम्त्याउने गरेको छ । नारायणी नदीमा निर्माण भएको तटवन्धनले केही सुरक्षा प्रदान गरेपछि तटबन्धन नभएको स्थानमा जोखिम भने कायम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । पूर्वी चितवनका साना तथा ठाडो खोलाले जोखम निम्त्याउन सकिने भएकाले सतर्कता अपनाएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल