alliance khabar

सोमबार, साउन १२, २०८२

धनगढी, साउन १२ गते ।

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।

सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता लिएको थियो । सो पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । सरकारबाट कुनै पनि पार्टी बाहिरिएपछि सरकार प्रमुखले विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।

यसैबिच, सोमबार बसेको नेपाली काँग्रेसको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ । बैठकले मुख्यमन्त्रीको पक्षमा अनिवार्य मतदान गर्न ह्विप जारी गरेको छ । 

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार छ । नेपाली काँग्रेसका १८ र एमालेका ११ प्रदेश सभा सदस्य गरेर प्रदेश सरकारको पक्षमा बहुमत कायमै रहेको छ । सुदूरपश्चिम प्रदेशमा २७ जनाले समर्थन जनाएपछि बहुमत पुग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल