बुटवल (रुपन्देही), पुस २३ गते । बुटवल उपमहानगरमा सञ्चालन भएको बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रमबाट ज्येष्ठ नागरिकले घरमै सेवा पाउन थालेपछि खुसी भएका छन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधीसमेत उपलब्ध गराउँदै आएका छन् । त्यसै गरी स्वास्थ्यको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई थप उपचार गर्नुपर्ने भएमा सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाउनेसमेत […]
जाजरकोट, पुस २० गते । जाजरकोटमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालाई फाइवर सिरक वितरण गरिएको छ । सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ वृद्धाश्रममा मानविय परोपकारी संस्था काठमाडौँले वृद्धवृद्धालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको हो । भूकम्पले घर भत्किएपछि अस्थायी आवासम बसेका वृद्धवृद्धा, अशक्त, एकल महिलालाई चिसोबाट जोगाउन फाइवर सिरक वितरण गरिएको छ । न्यानो आवास […]
चितवन, पुस ७ गते । भरतपुर महानगरपालिकाका मुख्य चोक र बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी बढाइने भएको छ । नेपाल टेलिकम भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा महानगरपालिकाका २९ वटै वडाका मुख्य चोक र मूल सडकमा सीसी क्यामरा जडान गरी निगरानी बढाउने तयारी गरिएको हो । सोमबार महानगरपालिका अगाडि ६ लेन सडकमा क्यामरा जडान […]
गोरखा, पुस६ गते । गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन […]
वालिङ(स्याङ्जा), पुस ६ गते । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई यूथ अवार्डबाट सम्मानित हुनु भएको छ । जनकपुरमा भएको जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) नेपालको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा तिवारीलाई अवार्ड प्रदान गरिएको हो । स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादन र नविनतम सोच र शैलीको कदर गर्दै अवार्ड प्रदान गरिएको जेसीआइ भीरकोटका अध्यक्ष […]
काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो । महानगरले स्रष्टा सम्मान भन्दै १० […]
बागलुङ, मङ्सिर २९ गते । हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमति प्रश्न हो, प्रशासकीय भवन कहिले बन्छ ? कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतीका सूचक देखाउने नगरपालिकाले आफ्नो प्रशासकीय भवन अलपत्र परेको, बनेको घर पूरा नभई जीर्ण बन्न थालिसकेको विषय चासोमा आउने गरेको छ । त्यो प्रश्नमा नगरप्रमुखदेखि प्रशासकीय […]
बैतडी, मङ्सिर २८ गते । खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोको पूरा हुन सकेको छैन । मेलौली नगरपालिका–९,विशालपुरका डिडीगाउँ, […]
लमजुङ, मङ्सिर २७ गते । आजभोलि भान्छामा अचार अनिवार्यजस्तै बन्दै गएको छ । प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो नै हुन्छ । जिव्रोलाई ट्वाक्क बनाउने अचार आजभोलि आम्दानीको स्रोतपनि बन्दै गएको छ । बेरोजगार बनेर घरमै बसिरहनुभएकी मध्यनेपाल नगरपालिका –५ पराजुलीबेंसीकी शोभा रानामगरले सुरु गर्नुभएको अचार उद्योगले उहाँलाई मात्र होइन, परिवारका […]
नेपालगन्ज, मङ्सिर २२ गते । बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन पत्रमा पालिकाभित्र देखिएका विभिन्न प्रकारका बेथितिहरुमा तत्काल सुधारको माग गरिएको छ । नागरिक समाजका अगुवा गुफरान अली शाहका अनुसार विकास, प्रशासनिक सेवा […]