alliance khabar

बिहिबार, भाद्र १८, २०८३

सुलीकोट (गोरखा), भदौ १८ गते ।

गोरखाको पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीपहिरोमा परी पालुङटार नगरपालिकाका गोसाइँकुण्ड तीर्थयात्री केही बेपत्ता तथा केहीको शव फेला परी दाहसंस्कारसमेत भइसकेपछि नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार गत साउन १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा परी पालुङटार नगरपालिकाका विभिन्न वडाबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका यात्रु प्रभावित भएका थिए। उनीहरूमध्ये केहीको शव फेला परी दाहसंस्कार गरिएको र केही अझै बेपत्ता रहेकाले बिहीबार शोक बिदा दिइएको नगरपालिकाले जनाएको छ।

तीर्थयात्रीसँगै दुई जना नगरपालिका कर्मचारी र तीन जना शिक्षकसहित एक मिनिबसमा सवार ३८ जना रसुवाको गोसाइँकुण्ड जाने क्रममा बाढीमा परेका थिए। केहीको शव फेला परी दाहसंस्कार भइसकेपछि बिहीबार शोक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

घटनाले नगरवासीमा गहिरो दुःख र शोक सिर्जना गरेको भन्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै पालुङटार नगरपालिकाले बिहीबार नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा वित्तीय संस्थामा शोक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। घटनापछि नगरवासीमा शोक र चिन्ता बढेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जारी गर्नुभएको शोक विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ