सुदूरपश्चिममा अझै तीन दिन वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम, भदौ २२ गते ।  कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ । कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ । यस अवधिमा विभिन्न […]

प्रदेश सरकारका एक सय सोह्र योजना सम्पन्न

नेपालगन्ज, भदौ २२ गते । लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका पूर्वाधार विकासतर्फका ११६ वटा योजना सम्पन्न गरेको छ । सम्पन्न योजनामध्ये अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित छन् । सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आवमा बहुवर्षीय योजना अन्तर्गत जिल्लामा तीन वटा ठुला पुलसमेत निर्माण सम्पन्न भएका […]

आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित

काठमाडौँ, भदौ २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढीगण्डकी र थेराङखोलामा आइतबार बिहान गएको बाढीले दुई वटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको छ । उहाँले भन्नुभयो, […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, भदौ २१ गते ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ […]

आज मिति २०८३ भदाै २१ गते , 06 sep 2026 , आइतबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहनेछ । घर परिवारसँग जोडिएका विषय मिलाउन समय दिनुपर्ने हुन सक्छ । नयाँ क्षेत्रमा लगानी गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ, आर्थिक रकम अड्किने सम्भावना देखिन्छ । बिहान गाईलाई पुरी खुवाएर दिनको सुरुवात गर्नु लाभदायी मानिन्छ । वृष (इ, उ, ए, ओ, वा, […]

नेपाली युवा अविरल घिमिरे बन्नुभयो विश्व च्याम्पियन

काठमाडौँ, भदौ २० गते । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल हुनुभएको छ । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय  खेलकुद  किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन […]

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २० गते ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति चार प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आइतबार देशको हिमाली भूभागका केही […]

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौँ,  भदौ २० गते ।  सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवम् प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ उपत्यकामा रहेका सुदूरपश्चिमेली, कर्णालीवासी तथा अन्य सर्वसाधारणको खुलामञ्चमा उल्लेख्य सहभागिता देखिएको छ । गौराको उल्लाससँगै खुलामञ्चमा परम्परागत पहिरनमा सजिएका युवायुवती तथा वृद्धवृद्धा हात समातेर गोलाकार घेरा बनाइ देउडा […]

बाढी प्रभावितलाई प्रधानमन्त्रीको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ

काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।” “बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज […]

धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ, भदौ २० गते ।  धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले यस क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई उत्प्रेरित गर्न वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने भएको छ । त्यसका लागि ५० हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको घोषणा आज औपचारिक कार्यक्रममार्फत गरेको छ भने थप सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको जनाएको छ । रेक्जोनले संकलित रकमको ब्याज […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ