alliance khabar

बुधबार, आश्विन २८, २०८३

कल्याणपुर (सप्तरी), असोज २८ गते  ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज नगरपालिकास्थित बिटौरी जग्गामा बसोबास गर्दै आएका नगरवासीलाई दसैँअघि नै जग्गाधनी पुर्जा वितरणका लागि आवश्यक प्रव्रिmया सुरु गर्न निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार सरोकारवाला कार्यालयका प्रमुख र प्रतिनिधिको बैठकमा मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो । साढे आठ दशकदेखि जग्गाधनी पुर्जाविहीन राजविराजवासीलाई पुर्जा दिन जग्गा दर्तासम्बन्धी गठन आदेश, २०८३ मन्त्री परिषद्को बैठकबाट स्वीकृत भइसकेको मन्त्री यादवले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै ढिलाइ नगरी उक्त निर्णय छिटोछरितो ढङ्गले कार्यान्वयनमा ल्याउनु पर्छ ।” दसैँको बिदा हुनुअगाडि शुव्रmबारसम्म लालपुर्जा वितरणका लागी सूचनालगायत आवश्यक प्रव्रिmया थाल्न निर्देशन दिँदै उहाँले कुनै बाधाअडचन भए त्यसको फुकाउ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सप्तरीका विभिन्न जीर्ण सडकखण्डको मर्मतसम्भार तथा स्तरोन्नतिका बारेमा चासो राख्दै उहाँले ती काम सुरु गर्न सरोकारवाला कार्यालयका प्रमुखलाई पनि निर्देशन दिनुभयो । चाडपर्वका समयमा पनि राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने सडकका साथै राजविराज–हनुमाननगर, राजविराज–रूपनी, राजविराज–कञ्चनपुरलगायत १२ स्थानको बाटो जीर्ण अवस्थामा रहँदा सर्वसाधारणलाई निकै सास्ती भोगिरहनुपरेको गुनासो आएको उल्लेख गर्नुभयो ।

सडक विभाग तथा पूर्वाधार विकास कार्यालयका प्रमुखलाई सङ्केत गर्दै मन्त्री यादवले भन्नुभयो, “अब हल्ला कम र काम बढी देखिनु प¥यो ।” चाडपर्व सकिनुअगावै युद्धस्तरमा काम गरेर जिल्लाका अति जीर्ण अवस्थामा रहेका सडकको सुधार हुनुपर्ने र केही दिनपछि आफू फर्केर आउँदा त्यसको अनुगमन गर्ने भन्दै सचेत गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रहरी उपरीक्षक रूपक खड्का, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परविन, तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलगायत उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ