alliance khabar

बुधबार, कार्तिक ११, २०८३

काठमाडौँ, कात्तिक ११ गते ।

एभरेस्ट पेपर मिल प्रालिमा कार्यरत श्रमिकले लामो समयको कानुनी तथा प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधाबापतको कुल छ करोड ३६ लाख ६२ हजार ८०३ रुपियाँ भुक्तानी प्राप्त गरेका छन् ।

उक्त मिलमा कार्यरत १७४ श्रमिकले लामो कानुनी लडाइँपछि उक्त रकम भुक्तानी पाउन सफल भएका हुन् । उद्योग प्रशासन र श्रमिकबिच विवाद बढेपछि कुल १७४ जना श्रमिकले आफूले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकको माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए । श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमति अनुसार सबै श्रमिकले चेकमार्फत बक्यौता रकम प्राप्त गरेको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

२०८२ साल चैत १७ गते श्रम अदालतले पाँच करोड ८६ लाख ६० हजार ३९९ रुपियाँ २२ पैसा भुक्तानी गर्न बैङ्क खाता फुकुवा गर्न आदेश दिएको थियो तर बैङ्क खाता फुकुवा गरिए पनि प्रतिष्ठानबाट रकम भुक्तानी नभएपछि श्रमिकले अदालतको अवहेलना भएको भन्दै पुनः निवेदन दिएका थिए ।

निर्णय कार्यान्वयन नभएको भन्दै पुनः निवेदन परेपछि मिति २०८३ साल भदौ २६ गते सेयरधनीको बैङ्क खाता, सम्पत्ति तथा सेयरसमेत पुनः रोक्का गरेको थियो ।

प्रशासनिक र कानुनी कारबाहीपछि अन्ततः २०८३ असोज ३० गते श्रम अदालतको आदेशबमोजिम पाँच करोड ८६ लाख ६० हजार ३९९ रुपियाँ २२ पैसा र भदौ तथा असोज महिनाको तलबसहित कुल छ करोड ३६ लाख ६२ हजार ८०३ रुपियाँ ३८ पैसा १७४ जना श्रमिकलाई भुक्तानी गरिएको छ । श्रम मन्त्रालयको दबाबपछि उक्त रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ