alliance khabar

बुधबार, आश्विन २८, २०८३

बनेपा, असोज २८ गते  ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्ने व्रmममा काभ्रेतर्फ ७४ प्रतिशत र भक्तपुरतर्फ ५४ प्रतिशत भौतिक प्रगति भएको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले निर्माण व्यवसायीलाई निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार सडकलाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरेर विस्तार भइरहेको छ ।

“काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा ७४ प्रतिशत भौतिक प्रगति भएको छ । भक्तपुरतर्फको सूर्यविनायक–साँगा खण्डमा ५४ प्रतिशत काम सम्पन्न भएको छ,” उहाँले भन्नुभयो । भक्तपुरतर्फ ठेक्का सम्झौता ढिलो भएकाले तुलनात्मक रूपमा कम प्रगति देखिएको उहाँले बताउनुभयो । आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डको ७.९ किलोमिटर सडकमध्ये साढे छ किलोमिटरमा चार लेनको पहिलो तहको कालोपत्रे गरिएको छ । यस खण्डमा छ लेन सडकको पहिलो तहको कालोपत्रे साढे तीन किलोमिटरमा सम्पन्न भएको छ । काभ्रेतर्फको सडक विस्तारको मुख्य काम आगामी मङ्सिर २३ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माणमा कुनै अप्रत्याशित समस्या नआए सम्झौताको समयभित्रै मुख्य काम सम्पन्न हुने र केही साना कामका लागि थप समय आवश्यक पर्न सक्ने आयोजना प्रमुख महतोले बताउनुभयो । यस्तै सूर्यविनायक–साँगा खण्डमा सडकका साइड स्ट्रक्चर निर्माण लगभग सकिएको छ । यस खण्डमा डेढ किलोमिटर सडकमा छ लेनको पहिलो तहको कालोपत्रे गरिएको छ । साँगास्थित अन्डरपासमा दुई लेनतर्फ १.२ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे गरिएको आयोजनाले जनाएको छ । भक्तपुरतर्फको सडक विस्तारको म्याद आगामी फागुनसम्म रहेको छ । दुवै खण्डका मुख्य काम निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र बाँकी कामका लागि आवश्यकता अनुसार समय थप गरी आगामी असारसम्ममा सम्पूर्ण निर्माण सम्पन्न गर्न सकिने आयोजना प्रमुख महतोले बताउनुभयो ।

पुल निर्माणमा ढिलाइले यातायात प्रभावित

सडक विस्तारको कामले गति लिए पनि जगाती खोला, महादेव खोला र पुण्यमाता खोलामा पुल निर्माण हुन नसक्दा यातायात सञ्चालनमा समस्या भइरहेको छ । तीन वटै पुलको डिजाइनका विषयमा सुरुदेखि नै विवाद हुँदा निर्माण अघि बढ्न नसकेको आयोजना प्रमुख महतोले बताउनुभयो ।

उहाँका अनुसार रातको समयमा बढी भार बोकेका टिप्पर सञ्चालन हुँदा पुल निर्माणस्थल आसपासको सडकमा खाल्टा पर्ने र सवारी जाम हुने समस्या देखिएको छ । दसैँको समयमा हुन सक्ने सवारी जाम न्यूनीकरण गर्न पुल नजिकका सडकका खाल्टा पुर्ने र रोलर लगाएर सतह मिलाउने काम गरिने उहाँले बताउनुभयो । सूर्यविनायक–साँगा खण्डको ७.३ किलोमिटर सडक विस्तारका लागि आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको निर्माण २०७९ पुसदेखि सुरु भएको हो ।

त्यस्तै साँगा–धुलिखेल खण्डको ८.५ किलोमिटर सडक विस्तारका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । यस खण्डको काम २०७९ मङ्सिरदेखि सुरु भएको हो । साँगा–धुलिखेल खण्डको सम्झौता अवधि २०८२ मङ्सिरमा सकिएपछि आगामी मङ्सिरसम्म म्याद थप गरिएको छ । सूर्यविनायक–साँगा खण्डको सम्झौता अवधि २०८२ पुसमा सकिएपछि आगामी फागुनसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ