लेखनाथ, भदौ २७ गते। पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने भएको छ । भूमिहीनका लागि जग्गा खोजी तथा बीचमा बिक्री भएका जग्गाको छानबिन गर्न बसपार्क खाली गराउने अभियान केही समय रोकिएको थियो । भोटेकोसीमा आएको बाढीपछि उद्धार तथा राहतका काममा प्राथमिकता दिनुपरेकाले अभियान केही दिन रोकिएको पोखरा […]
वासिङ्टन, भदौ २७ गते । मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ । अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ […]
काठमाडौँ, भदौ २७ गते । ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले […]
काठमाडौँ, भदौ २५ गते । मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले गत फागुन २१ मा प्रतितिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्यो । प्रतिनिधिसभाको निर्वाचनबाट नवयुवाको माग पूरा गर्ने वाचाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई […]
काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। यातायात आवागमन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम केही बेरअघि सम्पन्न गरेको हो। सेनाको टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान कार्य […]
काठमाडौँ, भदौ २५ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) […]
म्याग्दी, भदौ २५ गते । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो । आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव […]
काठमाडौँ, भदौ २५ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले बिहीबार ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबिचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७ः१५ बजे सुरु भएको छ । समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह […]
लेखनाथ, भदौ २५ गते । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा महानगरपालिकासहित कास्कीमा पाँच वटा मात्र स्थानीय तह छन्। साविक लेखनाथ नगरपालिका र आसपासका गाविसलाई मिलाएर बनाइएको पोखरा महानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो महानगरपालिका हो। अहिले यही महानगरपालिकाबाट साविक लेखनाथ नगरपालिका छुट्याउन अभियान सञ्चालन भइरहेको छ। अभियानकै क्रममा पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्याउने निर्णय गर्न माग गर्दै […]
तानसेन, भदौ २५ गते । भोटेकोशी बाढीपछि बेपत्ता हुनुभएका तानसेन–३ का तिलक रानाको अन्तिम बिदाइ गरिएको छ। बेपत्ता भएको १४ दिन बितिसक्दा पनि उहाँको अवस्था पत्ता लाग्न नसकेपछि श्रीमती र छोराले कुशको शव बनाएर दाहसंस्कार गर्नुभएको हो। रानाको शव वा सास भेट्टाउन नसकेपछि परिवारले दुई सातापछि स्याङ्जाको कालीगण्डकी नदी किनारमा अन्तिम संस्कार गरेको आफन्तले बताएका […]