अन्तरजिल्लास्तरीय सुरक्षा बैठक

तम्घास (गुल्मी), पुस १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकेन्द्रित शान्तिसुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्न अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार विपत्का घटनासँग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र निर्वाचनकेन्द्रित रहेर सूचना आदानप्रदान गर्नका लागि अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको हो । आगामी फागुन […]

सामुदायिक वनद्वारा ४५ परिवारलाई काठको खाट प्रदान

मनहरी (मकवानपुर), पुस १ गते ।  चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ । मनहरी गाउँपालिका वडा नं ६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले बिपन्न वर्गका उपभोक्ता सदस्यहरु खाटको अभावमा चिसो भुँइमा गुन्द्री ओछ्याएर सुत्न बाध्य भएकाले […]

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

काठमाडौँ,  पुस १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उहाँका अनुसार […]

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, मड्सिर २९ गते।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यावसायिक कार्ययोजनाका साथ अगाडि बढाइनु पर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“हामीले हुलाकलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा […]

ओखलढुङ्गाबाट रामहरिसहित २० जनाको नाम सिफारिस

ओखलढुङ्गा, मङ्सिर २८ गते ।  नेपाली कांग्रेस ओखलढुङ्गाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका विभिन्न समूहका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य […]

कांग्रेस महाधिवेशन : वडा तहमा क्रियाशील सदस्यता वितरण जारी

काठमाडौँ, मङ्सिर २९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ती निर्वाचन क्षेत्रबाट छ हजार ७४३ वडामा जनसङ्ख्याका आधारमा क्रियाशील सदस्यता वितरण भइरहेको छ । मुख्यसचिव पौडेलले भन्नुभयो, “नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट एक  सय […]

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

काठमाडौं, मङ्सिर २९ गते । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ  । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो । उहाँकाअनुसार आयोगको सदस्यमा प्राडा सुनीति श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रचलित कानूनमा व्यवस्था […]

काठमाडौँ महानगरले ३१ औँ दिवस मनाउँदै

काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो । महानगरले स्रष्टा सम्मान भन्दै १० […]

गगन समर्थक टिमको घोषणाले कांग्रेसको सरगर्मी बढ्यो

पश्चिम नवलपरासी, मङ्सिर २९ गते । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रभाव स्वरूप पश्चिम नवलपरासीको राजनीतिमा ध्रुवीकरण तीव्र भएको छ । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि जिल्लाको राजनीतिक सरगर्मी तातेको हो । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि अन्य नेताहरूले पनि आ–आफ्नो समूह बनाउन थालेका छन् । यसै क्रममा, आसन्न महाधिवेशनलाई लक्षित गर्दै आइतबार बर्दघाटमा […]

अग्निपीडित परिवारलाई नगरपालिकाको सहयोग

रौतहट, मङ्सिर २९ गते ।  रौतहटको माधवनारायण नगरपालिकाले आइतबार आगलागीबाट पीडित एक परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराएको छ । विद्युत सर्टका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएपछि घरबारविहीन हुनुभएका माधवनारायण नगरपालिका–६ माधोपुरका भोजेन्द्र राय यादवको परिवारलाई  राहतस्वरूप खाद्यान्न तथा दैनिक उपभोग्यका आपत्कालीन सामग्री उपलब्ध गराएको नगर प्रमुख बैजनाथप्रसाद यादवले जानकारी दिनुभयो । गएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल