सुलीकोट (गोरखा), भदौ १८ गते । गोरखाको पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीपहिरोमा परी पालुङटार नगरपालिकाका गोसाइँकुण्ड तीर्थयात्री केही बेपत्ता तथा केहीको शव फेला परी दाहसंस्कारसमेत भइसकेपछि नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार गत साउन १० गते रसुवाको भोटेकोशी […]
काठमाडौं, भदौ १८ गते । नेपालका लागि पाकिस्तानका राजदूत अमिर खानले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्रालय, सिंहदरबारमा पुगेर त्यहाँ राखिएको शोकपुस्तिकामा उहाँले नेपाल, नेपाली जनता तथा सरकारको दुःखमा पाकिस्तान साथमा रहेको उल्लेख गर्नुभएको छ। यसअघि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री सहबाज सरिफले पनि नेपालमा […]
बागलुङ, भदौ १८ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट सिर्जित महाविपत्तिले झस्काएपछि कालीगण्डकी नदीको सम्भावित जोखिमबारे बहस सुरु भएको छ। धौलागिरि हिमाल आसपासका कतिपय हिमतालमा पनि जोखिम हुनसक्ने तर्कसहित सचेतनाका विषय उठ्न थालेका छन्। कालीगण्डकी नदीको स्रोत हिमताल र हिमाल भएकाले सम्भावित जोखिमको अध्ययन गरी पूर्वतयारीका विषयमा सरोकारवालाबीच बहस सुरु भएको हो। बुधबार […]
काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ । एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र […]
काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिनुभयो । सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो ।
हेटौँडा, भदौ १८ गते । मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय इन्द्रबहादुर कठायतको दुई कोठे कच्ची घर र घरसँगै रहेको भान्साकोठामा बुधबार राति अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। इँटा र काठले बनेको तथा जस्ताको छानो भएको […]
बर्दिबास, भदौ १८ गते । महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रमा दुई सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ। भौगोलिक विकटता, निरन्तरको वर्षा, बाढी तथा पहिरोका कारण समयमै स्वास्थ्य सेवा र औषधि नपाउँदा चुरे क्षेत्रका सयौँ परिवार प्रभावित भएका छन्। चुरेका प्रभावित बस्तीबाट उपचारका लागि करिब ३० किलोमिटर टाढा रहेको बर्दिबास पुग्नुपर्ने बाध्यता छ। यो दूरीमध्ये […]
हिले, भदौ १८ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपियाँसहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपदबाट प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय […]
काठमाडौँ, भदौ १८ गते । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा बिहीबार मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिनुभयो । “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ । […]
काठमाडौँ, भदौ १७ गते । जापानबाट पहिलो चरणको राहत सामग्री आज आइपुगेको छ । जापान सरकारले नेपालमा आइपरेको भोटेकोशी हिमबाढीको विपत्मा ऐक्यबद्धता जनाउँदै उक्त राहत सामग्री नेपाल पठाएको हो । उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा हस्तान्तरण […]