बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते

नवलपुर, चैत १३ गते ।  बाघले आक्रमण गरी नवलपुरमा एक जनालाई घाइते बनाएको छ । बाघले मध्यविन्दु नगरपालिका–१४ दम्फाघेरा बस्ने ३९ वर्षीया पुनिसरा दर्लामीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरबाट तीन सय मिटर पूर्वतर्फ रहेको खरवारीमा बाख्रा चराउन गएको बेला अचानाक बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, […]

आगलागीपछि पुनर्निर्माणसँगै बाम्का बजारको मुहार फेरियो

बाजुरा, चैत १३ गते । बाजुरामा गत जेठ २३ गते भएको भीषण आगलागीबाट क्षतिग्रस्त बाम्का बजारले करिब नौ महिनापछि नयाँ स्वरूप पाएको छ। आगलागीपछि कुरूप बनेको बजारमा झण्डै ३६ वटा पसल जलेर नष्ट भएका थिए। त्यसपछि केही महिनासम्म बजार अस्तव्यस्त र जीर्ण अवस्थामा थियो। पछिल्लो समय बजार व्यवस्थापन समिति तथा अध्यक्ष रामचन्द्र गिरीको सक्रियतामा बजारमा […]

सिंहदरबारमै फर्कियो संसद्

काठमाडौँ, चैत १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका २७४ जना सदस्यले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूले शपथग्रहण गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभयो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले २७३ जना सदस्यले बिहीबार दिउँसो २ बजे […]

आज मिति २०८२ चैत्र १३ गते , 27 march 2026 शुक्रबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान प्रतिष्ठा र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला ल्याउन सक्छ । वृष […]

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं, चैत १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनुभएकाे छ । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग विहीबार साँझ भेट गर्दै सभापति थापाले नेपाली […]

रास्वपा संसदीय दलको नेतामा शाह चयन

काठमाडौँ, चैत १२ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी […]

नयाँ सरकारलाई स्वागत गर्न आतुर छु : प्रधानमन्त्री कार्की

काठमाडौं, चैत १२ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले ६ महिने आफ्नो कार्यभार सफल भएकाले निर्वाचित सरकारलाई स्वागत गर्न आतुर भएको बताउनु भएको छ । उहाँले आज राष्ट्रको नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘‘ अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका […]

‘मतदानको उत्साह लोकतन्त्रप्रतिको आस्था’

काठमाडौँ, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्रप्रतिको अटुट विश्वास भएको बताउनुभएको छ । चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सु्दृढ तुल्याएको बताउनुभयो । उहाँले निर्वाचनबाट जनताले प्रकट गरेको अभिमतले निर्वाचित जनप्रतिनिधिको काँधमा ठुलो दायित्व रहेको बताउनुभयो । […]

प्रसारण लाइन निर्माण र सञ्चालनमा अब निजी क्षेत्र

काठमाडौँ, चैत १२ गते । विद्युत् उत्पादनमा अग्रणी भूमिका स्थापित गरिसकेको नेपालको निजी क्षेत्रले अब प्रसारण लाइन पनि आफ्नै लगानी र नेतृत्वमा निर्माण तथा सञ्चालन गर्ने अवसर पाएको छ । प्रसारण लाइन निर्माण गर्न सक्षम रहे पनि अवसर नदिइएको गुनासो गर्दै आएको निजी क्षेत्रलाई चार वटा प्रसारण लाइन निर्माण तथा सञ्चालनसमेत गर्ने गरी नेपाल विद्युत् […]

खानेपानी पुगेपछि तरेगनावासी खुसी

लहान, चैत १२ गते ।  लहान नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा पर्ने वडा नम्बर १६ तरेगनामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्। वि.सं. २०५६ सालमा सुरु भएको उक्त आयोजना २६ वर्षपछि लहान नगरपालिका र विकन परियोजनाअन्तर्गत वाटरएडको सहयोगमा सञ्चालनमा आएको हो। लामो समयदेखि अलपत्र रहेको आयोजना पुनः सञ्चालनमा आएपछि स्थानीयमा खुशी छाएको हो। दुई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल