काठमाडौँ, पुस ७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ ।
रौतहट, पुस ७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । मधेश भ्रमणको क्रममा आइतबार रौतहट आउनुभएको उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । देशमा स्थायित्व शान्ति कायम र जनताको माग अनुसार सेवा प्रदान गर्न नेपाली […]
काठमाडौँ, पुस ७ गते । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको […]
काठमाडौँ, पुस ६ गते । नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महर्षि भावातीत ध्यानको माध्यमबाट नेपालले विश्व शान्तिको नेतृत्व गर्न सक्ने बताउनुभएको छ। काठमाडौँको ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकालीस्थित ध्यान केन्द्रमा, दोस्रो विश्व ध्यान दिवस डिसेम्बर २१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले महर्षि भावातीत ध्यान केवल व्यक्तिगत […]
गोरखा, पुस६ गते । गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन […]
काठमाडौँ, पुस ६ गते । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग /अलग दुई कार्यक्रम आयोजना गरेकोे छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित […]
बागलुङ, पुस ६ गते । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ विषयक अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थको सेवनले ३९ हजार दुई […]
वालिङ(स्याङ्जा), पुस ६ गते । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई यूथ अवार्डबाट सम्मानित हुनु भएको छ । जनकपुरमा भएको जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) नेपालको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा तिवारीलाई अवार्ड प्रदान गरिएको हो । स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादन र नविनतम सोच र शैलीको कदर गर्दै अवार्ड प्रदान गरिएको जेसीआइ भीरकोटका अध्यक्ष […]
रेसुङ्गा(गुल्मी), पुस ६ गते । राष्ट्रिय सतर्कता केन्द्रले गुल्मीका २८ कार्यालय र ६ विकास आयोजनाको अनुगमन गरेको छ । कार्यक्रममा कार्यालयको अगुगमनको क्रममा देखिएको वस्तु स्थिती, सेवाग्राही सर्वेषणको परिणाम, अनुगमन र सर्वेक्षणमा देखिएका समस्या र सुधारका लागि सुझाव दिइएको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, नेपाल टेलिकम, सवक पूर्वाधार विकास कार्यालय, आरोग्य सेवा […]
काठमाडौँ, पुस ६ गते । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत […]