पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान

कास्की,  फागुन ५ गते । कास्कीको माछापुच्छ«े गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ । उद्यानमा  धम्पुस ब्रेकन भगिनि सम्बन्ध […]

अत्याधुनिक संरचनाको तयारी

काठमाडौँ, फागुन ५ गते । काठमाडौँ उपत्यकाको सडक व्यवस्थापनको मुख्य समस्याका रूपमा रहेको कोटेश्वरको ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित सो ठाउँमा भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी सुरु गरिएको छ । भौतिक संरचना निर्माणको लागत अनुमान तयारी गर्न समिति बनाएर काम सुरु गरिएको हो । कोटेश्वर चोक सुधार आयोजना नाम दिएर त्यहाँ […]

तराईसँग जोड्ने महभिर फोड्न सुरु

खोटाङ,  फागुन ४ गते  ।  जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका […]

म्याग्दीमा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन

म्याग्दी, फागुन ४ गते ।    यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय रुपमा सम्पन्न गर्न म्याग्दीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ । सोमबारदेखि राजनीतिक दल र उम्मेदवारले औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएकाले त्यसलाई सभ्य, अनुशासित र व्यवस्थित बनाउन निर्वाचन आचारसहिंताको पूर्ण पालनाका लागि सबै पक्षलाई अनुरोध […]

जुम्लामा निर्वाचनका लागि ६४८ जना कर्मचारी खटिए

जुम्ला, फागुन ४ गते ।  जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जनामध्य छ सय ४८ जना सोमबार मतदान केन्द्रमा कर्मचारी खटाइएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस आनन्दराज पन्तका अनुसार १०८ वटा मतदान केन्द्रमा […]

महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

अत्तरिया (कैलाली), फागुन २ गते । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ । सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलका रूपमा चिनिने उक्त मन्दिरमा यहि फागुन ३ र ४ गते विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने बेहडाबाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका उपाध्यक्ष नरेन्द्र शाहले जानकारी दिनुभयो […]

लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

काठमाडौँ, फागुन २ गते । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा छ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले शुुव्रmबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको माघ मसान्तसम्म छ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । सो राजस्व सङ्कलन गत वर्षको सोही अवधिको […]

नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समिति सदस्यमा बलदेव तामाङ मनोनित।

ललितपुर, २०८२ माघ २९ गते । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव बलदेव तामाङ, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिको सदस्यमा मनोनित हुनुभएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन र समानुपातिक मतको वृद्धि गर्न पार्टीको प्रचारप्रसार कार्यलाई प्रभावकारी समन्वय र व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्य उहाँलाई […]

कोइरालाको विरासत फर्काउने कसरतमा कांग्रेस

नेपालगन्ज, फागुन १ गते । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर २ पश्चिम नेपालकै चर्चित निर्वाचन क्षेत्रमध्ये एक हो । कांग्रेसले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाका भतिजा सुधांशु कोइरालालाई यस पटक यहाँ उम्मेदवार बनाएपछि यो क्षेत्र अहिले चर्चामा छ ।  कांग्रेसको परम्परागत क्षेत्र मानिने यो क्षेत्र धेरै वर्षपछि कांग्रेस कार्यकर्ताहरू […]

प्रधानमन्त्री कार्कीसँग एनसीसीका प्रतिनिधिको भेट

काठमाडौँ, फागुन १ गते ।  युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्। प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेट गरेका हुन्। प्रतिनिधिमण्डलमा भारतबाट २० सदस्यीय टोली, पाकिस्तानबाट १२ सदस्यीय टोली, भुटानबाट ९ सदस्यीय टोली तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थियो। […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल