बिजुवार, असोज १२ गते । प्युठानको सरुमारानी गाउँपालिकाबाट यस वर्षको बडादशैंलक्षित करिब ४० लाख रुपियाँ बराबरको खसी–बोका बिक्री गरेका छन् । गाउँपालिकाको सहजीकरण र हेफर साझेदारी परियोजनाको समन्वयमा असोज ५ देखि १२ गतेसम्म तीनवटा महिला सहकारीमार्फत २५८ वटा खसीबोका संकलन गरिएको हो । सरुमारानी –६ को सरुमारानी सामाजिक उद्यमी महिला सहकारी, सरुमारानी –३ को शान्तिकुञ्ज […]
काठमाडौँ, असोज १२ गते । युवापुस्ता (जेनजी) समूहका प्रतिनिधिहरुले नेतृत्वको परिभाषा परिवर्तन गरी व्यावहारिक परिवर्तनमा जोड दिनुपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य नेतृत्व को हो भनेर बारम्बार प्रश्न उठेका बेला उनीहरुले देशमा अब सामूहिक नेतृत्वमा जानुपर्ने बताएका हुन् । आइतबार ३९ जिल्लाका प्रतिनिधिसहितको १२ वटा जेनजी समूहले राजधानीमा पत्रकार सम्मेलन […]
चेन्नई, असोज १२ गते । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी […]
म्याग्दी, असाेज १२ गते। विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि […]
महोत्तरी, असाेज १२गते। मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दसैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी) तिथि दुई दिन पर्दा १० दिनको नवरात्र भएको छ । यसअनुसार छैटौँ दिन षष्ठी तिथिमा सम्पन्न गरिने ‘बेलनौत’ […]
घोराही (दाङ)असाेज ११ गते। घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउनुहुन्छ । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती […]
चितवन ,असाेज १२ गते । गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनद्वारा शनिबार आयोजित […]
कास्की, असोज ११ गते । विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर सम्पन्न भएको हो । राउतले निर्धारित आठ किलोमिटर दूरी ३५ मिनेट ४४ […]
काठमाडौँ, असोज ११ गते । सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ । शिक्षामन्त्री पुनले केन्द्र सरकारबाट रकम निकासा भइसकेको अवस्थामा सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले दसैँ आए पनि तलब नपाएको गुनासो […]
ललितपुर, असोज ११ गते । नेपाली कांग्रेसले असोज २६ गते आइतबार केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बैठक बोलाएको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।