लमजुङ, जेठ १ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सदरमुकाम बँेसीसहरस्थित प्रदेश अस्पताल लमजुङको बुधबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिई अस्पताल पुगेका मन्त्री पाठकले बिरामी र बिरामीका आफन्तसँग उपचार सेवा, समस्या र सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी लिनुभएको हो । मन्त्री पाठकले बिरामी तथा बिरामी कुरुवासँग चिकित्सक, […]
बबई (बर्दिया) जेठ १ गते । बारबर्दिया नगरपालिका वडा नं.९ जब्दी गाउँका ५८ बर्षीया भग्गु थारु आफनो घर अगाडीबाट यातायात चल्ने भए पछि निकै सुखी हुनु भएको थियो तर उहाँको खुसी धेरै दिन टिक्न पाएन उहाँको खुसी खुस मानै सीमित रह्यो । सडक डिभिजन कार्यालय बाँके सँग सम्झौता गरेर पप्पु कन्स्ट्रक्सने निर्माण गरेको पुल हस्तान्तरण […]
जमुनाह,जेठ १ गते । मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा किनबेच गर्न नपाउने भनी तोकिएको १० बर्से अवधि व्यतीत भइसक्दासमेत जग्गा फुकुवा नहुँदा सुकुमवासी, भूमिहीन, मुक्त कमैया मर्कामा परेका छन् । २३ वर्षअघि मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा उनीहरूले भोगचलन त गरिरहेका छन् तर आवश्यक परेको खण्डमा अन्य कुनै पनि काममा प्रयोग गर्न पाएका छैनन् । तत्कालीन […]
राज्यले पहुँचविहीन समुदायलाई केन्द्रमा राखी सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रवर्धन र सुनिश्चित गर्न‘ समाजवादउन्मुख मुलुकको पहिलो कर्तव्य हो । अभ्यासमा भने यो कुरा देखिएको छैन । व्यापारिक प्रतिष्ठानले आफ्नो उद्देश्य पूर्ति गर्नका लागि मात्र सरकारी निकाय र संयन्त्रलाई प्रयोग गर्ने प्रवृत्ति बढेको छ । नेपालमा विद्यालय तहको शिक्षा संस्थागत र सामुदायिक गरी दुई किसिमले सञ्चालित […]
जनसरोकारका अपेक्षामा सम्बोधन गर्न विद्युत् नियमन आयोगले अध्ययन बढाउन आवश्यक हुन्छ । प्राधिकरणको संस्थागत सुधार गर्दै आमउपभोक्ताको हितमा आयोगका निर्णय मोडिनु पर्छ । आयोगका पदाधिकारीहरूले आफ्नो कामबाटै विज्ञता प्रमाणित गर्न सक्नु पर्छ । विद्युत् भन्नेबित्तिकै नेपाल विद्युत् प्राधिकरणलाई संस्थागत रूपमा जोडिन्छ । चाहे यहाँ विद्युत्को वितरण बुटवल पावर कम्पनी, सामुदायिक विद्युतीकरण, लघु जल विद्युत्मा आधारित […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौतीको सामना गर्नुपर्ला । व्यापार तथा […]
लुम्बिनी वैशाख ३१ गते । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हँुदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश […]
बेलायत, वैशाख ३१ गते । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । ‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र […]
काठमाडौँ, वैशाख ३१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो […]
माछापुच्छ्रे (कास्की), वैशाख ३१ गते । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेको छ । अवैध यौन […]