काठमाडौँ, चैत ३ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ३४ पैसा र बिक्रीदर १७० रुपियाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ, चैत ३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने भएको छ । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ । अमेरिका र चीनबिच लामो […]
काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ । गैरआवासीय नेपाली सङ्घको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरमा सक्रिय सहभागिताका लागि गैरआवासीय […]
कुश्मा, पर्वत चैत २ गते । एक बारको जिन्दगीमा हरेक मानिससँग आफ्नै इच्छा र सपना हुन्छन् । केही गरुँ भनी हुटहुटी बोक्ने युवाले फरक सपना देख्ने गर्दछन् । सपना देख्नेमध्ये थोरैले मात्र कठिन र चुनौतीपूर्ण मानिएको आफ्नो लक्ष्य हासिल गर्छन् । भारत र नेपालमा रहेका धार्मिक ज्योतिर्लिङगको दर्शन पैदल यात्रा नै पूरा गर्नु भनेको कठिन […]
काठमाडौँ, चैत २ गते । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियो। परिषदकाे उक्त निर्णयको विरुद्ध प्राडा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा यस अघि सर्वोच्चले अन्तरिम आदेश दिएको […]
काठमाडौँ, चैत २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघगर्जनसहित चट्याङ परेको बताएको छ । महाशाखाकाअनुसार अहिले काठमाडौँ उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यो प्रणाली पूर्वतिर सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ […]
पशुपतिनगर, चैत १ गते । विद्यार्थीकालदेखि राजनीतिक चेत र सपना बोकेर निरन्तर राजनीतिक यात्रामा लागेका ३५ वर्षीय युवा निस्कल राईको अबको यात्रा सङ्घीय संसद्तिर मोडिएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा इलाम क्षेत्र नं. १ बाट निर्वाचित भएसँगै निस्कल राईको अबको यात्रा केन्द्रीय राजनीतितिर मोडिएको हो । विद्यार्थीकालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीति सुरु गरेका राई शिक्षा, […]
दाङ, चैत १ गते । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले परिवर्तन र सुशासन कायम गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी हुन नदिने बताउनुभएको छ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएपछि चर्चामा आएका आचार्यले आफूले निर्वाचनका क्रममा सुशासन र परिवर्तन ल्याउछु […]
बागलुङ, चैत १ गते । चौपारीदेखि गैँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा–बरेङ शान्तिपुर जोड्ने रणनीतिक सडकको ४० प्रतिशत काम सकिएको छ । दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी २०८० चैतमा सम्झौता भएको थियो । सडक निर्माणको समय सकिन एक महिना बाँकी छ । समयमै काम नसकिँदा १५ किमीको भकुन्डे र २० किमीको रायडाँडा पुग्न स्थानीयले जोखिमपूर्ण यात्रा गर्नु […]
काठमाडौँ, चैत १ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेत भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको […]