भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन, साउन १९  गते । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’  सुरुआत गरिएकोे छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटकआज बिहानदेखि चार्ज (विद्युत् प्रवाह) गरेको हो । आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ, साउन  १९ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकैदिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ । प्रतिष्ठानका अनुसार एक हजार १८० […]

मनसुनको प्रभाव निरन्तरः तीन प्रदेशमा भारी वर्षा

काठमाडौँ, साउन १९ गते ।  देशभर मनसुनी वायुको प्रभाव मङ्गलबार पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा […]

पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १७ गते ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]

राजन अन्तिम आठमा

काठमाडौँ, साउन १७ गते । राजन गुरुङ लगातार दोस्रो जित हासल गरी प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिपको क्वाटरफाइनलमा पुग्न सफल हुनुभएको छ । काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको चौथो दिन शनिबार राजनले आयुष गौतमलाई बेस्ट अफ सेभेन अन्तर्गतको खेलमा ४–० ले सजिलै पराजित गर्नुभयो । […]

युवा दिवस सातै प्रदेशमा मनाउने रास्वपाको तयारी

काठमाडौँ, साउन १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगस्त १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस सातै प्रदेशमा विविध कार्यक्रम गरी मनाउने भएको छ । दिवसमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीले संसदीय दलका प्रमुख सचेतक तथा सांसद कवीन्द्र बुर्लाकोटीलाई मूल समारोह समितिको संयोजकको जिम्मेवारी दिएको छ । पार्टीले युवा दिवसलाई भव्य रूपमा मनाउन […]

यातायात कार्यालयमा सेवा पुनः सञ्चालन

काठमाडौँ, साउन १७ गते । यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । चलिरहेको इडिएलभिआरएस सफ्टवेयर प्रणालीलाई थप व्यवस्थित र अपग्रेड गरी सञ्चालनमा ल्याएको हो । अपडेट गर्न भन्दै साउन १ गतेदेखि सेवा बन्द गरेको विभागले बिहीबारदेखि सुचारु भएको जनाएको छ । यातायात कार्यालयमा सवारी दर्र्ता, नामसारी, सवारीचालक अनुमतिपत्र लाइसेन्स नवीकरण तथा नयाँ […]

सुकुमवासीलाई स्थानीय तहमै लालपुर्जा

काठमाडौँ, साउन १७ गते  ।  काठमाडौँ उपत्यकाका नदी किनार सार्वजनिक जग्गामा बसोबास गरेका सुकुमवासीलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गरिने भएको छ । काठमाडौँ उपत्यकाका सात होल्डिङ सेन्टरमा राखिएका ३८८ परिवारका एक हजार ४८८ जनालाई नागरिकताका आधारमा स्थायी बसोबासका लागि उनीहरूकै जिल्लाका स्थानीय तहमा जग्गा दिएर राखिने भएको हो । भूमि समस्या समाधान समितिका प्रमुख नापी […]

होमस्टेमा पर्यटकको आकर्षण

सिँजा (जुम्ला), साउन १७ गते  । जुम्लाको पातारासी गाउँपालिका–७ स्थित पट्मारागाउँमा महिलाले सञ्चालन गरेको होमस्टे ग्रामीण पर्यटनको आकर्षक केन्द्र  बन्दै गएको छ ।  स्थानीय संस्कृति, अर्गानिक खाना र प्राकृतिक सौन्दर्यको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । झन्डै १८० घरधुरी रहेको गाउँमा हाल नौ घरमा होमस्टे सञ्चालन भइरहेको छ । २०७८ सालमा हातेमालो नामक […]

ढकाललाई मिस नेपालको ताज

काठमाडौँ, साउन १७ गते । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जित्नुभएको छ । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उहाँले ताज हात पार्नुभएको हो । प्रतियोगितामा कसिस सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जित्नुभयो भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित हुनुभयो । ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ