काठमाडौँ, मङ्सिर ९ गते । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको हो । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल सरकारका सचिवको वरिष्ठता कायम गर्दै मुख्य सचिवमा अर्याललाई नियुक्त […]
काठमाडौँ, मङ्सिर ९ गते । मार्जिन कर्जामा फैलिएको अव्यवस्था, जोखिम र अनियन्त्रित सटहीपनलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा निर्देशन, २०८२’ को मसौदा सार्वजनिक गरेको छ । बोर्डले मार्जिन कारोबारसम्बन्धी व्यवस्था (प्रारम्भिक मसौदा) तयार गर्दै मार्जिन कारोबारसम्बन्धी व्यवस्था अघि बढाएको हो । धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले […]
काठमाडौँ, मङ्सिर ९ गते । सिन्धुलीको मरिण गाउँपालिकामा मङ्सिर अन्तिम सातादेखि मासुु प्रशोधन कारखानाको निर्माण सुरु हुने भएको छ । नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले कारखाना निर्माण गर्न लागिएको हो । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले डिजाइनको काम सकेर कारखाना निर्माणको चरणमा पुगेको जनाएको छ । २७ अर्ब ६४ करोड ८४ लाख […]
नेपालगन्ज, मङ्सिर ८ गते । नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ । विक्रम संवत् २०४३ सालमा स्थापना भएको सो अस्पतालले ओपीडि सेवा मार्फत २९ लाख २९ हजारभन्दा बढीको आँखाको उपचार गरेकोमा ती मध्ये दुई लाख ९१ हजार ५५३ जनाको आँखाको […]
बर्दिबास, मङ्सिर ८ गते । ‘बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तव्य’ भन्ने मूल नाराका साथ बर्दिबास नगरपालिका–७ बालविवाहमुक्त वडा घोषित भएको छ । वडाको प्रेमनगरस्थित शिव मन्दिर परिसरमा आयोजित ‘घोषणा सभा–२०८२’ मा सामूहिक हस्ताक्षरसहित साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बालविवाहमुक्त वडा घोषणा गरिएको हो । १४ वटा वडा रहेको बर्दिबास नगरपालिकामा बालविवाहमुक्त घोषणा गर्ने वडाको सङ्ख्या […]
पश्चिम नवलपरासी, मङ्सिर ८ गते । कृषि प्रधान देशका उखु किसानहरूले भोगेका समस्या सम्बोधन गर्न तथा नयाँ सिजनका लागि उखुको समर्थन मूल्य निर्धारण गर्ने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भएको छ । आइतबार भएको छलफलमा मन्त्रालयका अधिकारी, सम्बद्ध निकायका प्रतिनिधि र किसान महासंघका प्रतिनिधिहरू सहभागी थिए । लागतका आधारमा मूल्य निर्धारणको माग छलफल […]
बागलुङ, मङ्सिर ८ गते । बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धामकोे महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ । नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रवर्धनमार्फत पर्यटक भित्र्याउने योजनामार्फत हालै जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको छ । जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापन तथा कालिका कन्ट्रक्सनका विक्रम पाण्डेको लगानीमा झण्डै २० लाख […]
काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर […]
म्याग्दी, मङ्सिर ८ गते । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका […]
काठमाडौँ,मङ्सिर ८ गते । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय […]