alliance khabar

शुक्रबार, साउन १५, २०८३

काठमाडौँ, साउन १५ गते ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) परीक्षा स्थगित भएको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले मधेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको हो।

व्यवस्थापन संकाय, डीनको कार्यालयले पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुन लागेको एमबीएस दोस्रो तहको MKT 511: Marketing Management विषयको परीक्षा विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको छ।

कार्यालयले एक सूचना जारी गर्दै स्थगित गरिएको परीक्षाको नयाँ मिति पछि प्रकाशन गरिने जनाएको छ। साथै, उक्त विषयबाहेक अन्य विषयका परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने सूचनामा उल्लेख छ।

त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन् ।

यसैगरी महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका छन् ।

त्रिवि व्यवस्थापन संकायले सम्बन्धित सबै विद्यार्थी तथा परीक्षा केन्द्रलाई सूचनाबारे जानकारी गराउँदै आवश्यक तयारी गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ