बिमा दाबी पच्चिस अर्बभन्दा बढी

काठमाडौँ, असोज ३१ गते । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको करिब दुई अर्ब रुपियाँ भुक्तानी भइसकेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म तीन हजार १६३ वटा बिमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख रुपियाँ बराबरको दाबी आएको छ । जसमध्ये एक […]

तीन उद्योगले तिर्न थाले बक्यौता

काठमाडौँ, असोज ३१ गते । डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको बक्यौता महसुल भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले ताकिता गरेपछि बक्यौता रहेका उद्योगहरू सम्पर्कमा आई महसुल तिर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नवनेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । रोल्पा र सम्राट् सिमेन्टले किस्ताबन्दीमा रकम तिरेका छन् । प्राधिकरणका […]

‘जेनजी आन्दोलनलाई देशी–विदेशी प्रपञ्च भनेर टार्न मिल्दैन’

काठमाडौँ, असोज ३० गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी–विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताउनुभयो । पार्टी केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले आन्दोलनको गम्भीर समीक्षा गरी नेतृत्व तहदेखि नै रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकादेखि उच्च सरकारी निकायमा भएका […]

कांग्रेस र एमालेमा छलफल जारी

ललितपुर, असोज ३१ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ । असोज २८ गते सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि स्थगित केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार प्रस्तुत प्रस्तावमाथि छलफल प्रारम्भ भएको हो । बैठकलाई सम्बोधन गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभयो । महामन्त्री […]

निर्वाचनलाई ‘राष्ट्रको काँचुली फेर्ने महाअभियान’का रूपमा सफल बनाउन आग्रह

काठमाडौँ, असोज ३० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, […]

जेनजीसँग राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीको वार्ता

काठमाडौँ, असोज ३० गते।  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी […]

सुशासन र पुनर्निर्माणमा प्रतिबद्ध

काठमाडौँ, असोज ३१ गते । जेनजीको विद्रोहपछि सुशासन, पारदर्शी सेवा प्रवाह, प्रणालीगत सुधारसहितका नवीनतम् दृष्टिकोण र निर्वाचन गराउने अभिभारासहित सरकार विस्तार भएको एक महिना पूरा भएको छ । भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उहाँले भदौ ३० गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरी देशको विषम परिस्थितिलाई अग्रगति प्रदान गर्ने यात्रा प्रारम्भ गर्नुभएको […]

प्रसूति शल्यक्रिया कक्ष विस्तार

बुटवल, असोज ३० गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि प्रसूतिका लागि आउने गर्भवतीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले १० महिनाअघिदेखि प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको हो । यसबाट सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुँदै आएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. […]

फेरि त्रसित बन्दै भूकम्पपीडित

बाजुरा, असोज ३० गते ।  बाजुराका भूकम्प तथा बाढीपहिरोपीडित यति बेला फेरि त्रसित बन्दै गएका छन् । विगत दुई वर्षदेखि पटक–पटक जाने गरेको भूकम्पका कारण घर चर्किएर त्रसित बन्दै गरेका यहाँका स्थानीय बुधबार राति गएको भूकम्पले घर हल्लिएपछि उनीहरु फेरि त्रसित बनेका हुन् । विसं. २०८० वैशाख ५ गते  र २०८१ को पुसम ६ गते […]

एमाले केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौँ,  असोज ३० गते ।  नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार  बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल