दाङका दुई स्थानीय तहमा ‘नेपाल परागसेचन परियोजना’ सुरु

घोराही, चैत १० गते । दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पुर्याउने उद्देश्यसहित दाङका दुई स्थानीय तहमा ‘नेपालञ परागसेचन परियोजना’ सुरु भएको छ । हर्ड इन्टरनेशनलको नेतृत्वमा ब्रिस्टल विश्वविद्यालय, स्थानीय पहल (ली–बर्ड) तथा कृषि तथा वन विश्वविद्यालयलगायत संस्थाको सहकार्यमा दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाबाट चार बर्ष (सन २०२६–२०२९) का लागि परियोजना सञ्चालन […]

वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, चैत १० गते ।   वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखी उनीहरु सम्पर्कविहिन भएका थिए । प्रहरीका अनुसार स्थायी घर कास्की रुपा नगरपालिका वडा नं. ५ भइ […]

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ, चैत ९ गते । गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ । इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पु¥याएको हो । सुकाउनका लागि राखेका इँटा पानीले भिजाएर माटोमा परिणत भएपछि व्यवसायी मारमा परेका छन् । अध्यक्ष वलीले जिल्लाको तुलसीपुर, घोराही […]

सामुदायिक विद्यालयद्वारा दश रोपनीमा केरा खेती

वालिङ (स्याङ्जा), चैत ९ गते ।  यहाँको एक सामुदायिक विद्यालयले ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्गर्तत बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक केरा खेती सुरु गरेको छ । वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले केरा खेती सुरु गरेको हो । जिल्लाकै नमूना विद्यालयकारूपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै आफ्नै स्वामित्वमा रहेको करिब १० रोपनी जग्गामा ‘जी नाईन’ जातको […]

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौं, चैत ९ गते ।  विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार […]

गुल्मी प्रहरीलाई बैंकद्वारा कम्प्युटर प्रदान

रेसुङ्गा(गुल्मी), चैत ९ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञानबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुलाई प्रदान गर्नुभयो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय नीति अनुसार जिल्ला प्रहरीलाई ६० हजार बराबरको एक थान […]

‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ माथि वृत्तचित्र

काठमाडौँ, चैत ९ गते ।  वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा जात्राबारे अभिलेखीकरण गर्ने उद्देश्यले निर्माण गरिएको ‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आइतबार राजधानीमा आयोजित सेतो मत्स्येन्द्रनाथको रथयात्राको व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा सो वृत्तचित्र सार्वजनिक गरिएको हो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ उपत्यकाका जीवन्त संस्कृति […]

चैती छठपर्वको दोस्रो दिन ‘खरना’ गरी मनाइदै

कल्याणपुर (सप्तरी), चैत ९ गते ।  चारदिनसम्म मनाइने छठपर्वको दोस्रो दिन सोमबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोश्रोदिन अर्थात पञ्चमी तिथिमा व्रतालुहरुले दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् । खरनाका दिन व्रतालुले नुहाई धुवाई गरी चोखो भएर साँझपख नयाँ वस्त्र धारण गरी आ–आफ्नो इष्ट देवता भएको कोठामा पकाएको पुरी, गुँड, […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, चैत ९ गते ।  नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १५ पैसा र बिक्रीदर १७३ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ […]

संसद् अधिवेशन नयाँ सरकारको सिफारिसमा

काठमाडौँ, चैत ९ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथलगत्तै सङ्घीय संसद्को बैठक बस्ने गरी नयाँ निर्वाचित सरकारले अधिवेशन आह्वान गर्ने भएको छ । वर्तमान सरकारबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी सिफारिस नहुने धारणा आएपछि नयाँ सरकारले नै सङ्घीय संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ । जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य मोहम्मद […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल