alliance khabar

बिहिबार, साउन २८, २०८३

काठमाडौँ, साउन २८ गते ।

 नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनको आधार (अपरेटिङ बेस) बनाएर उडान गर्ने तयारी अघि बढाएको छ । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार आगामी नोभेम्बरदेखि सुरु हुने हिउँदे उडान तालिका अनुसार निगमले भैरहवालाई अपरेटिङ बेस बनाएर उडान गर्ने तयारी अनुसार बुधबारदेखि परीक्षण उडान सुरु गरेको हो ।उहाँले भन्नुभयो, “निगमले भैरहवामा आफ्नो एउटा न्यारोबडी जहाज राखेर उडान सुरु गर्ने योजना अनुसार परीक्षण उडान सुरु गरेको छ ।

निगमले आफ्ना फस्ट अफिसर (पाइलट) लाई एयर बस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराउन सुरु गरेकाले आगामी हिउँदे उडान तालिका अनुसार भैरहवामा एउटा जहाज राखेर नियमित उडान सुरु गर्न सक्छ ।”

निगमले सुरु गरेको प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । पहिले निगमले गरेका उडान सीमित रहेको र सीमित चालकले मात्रै भैरहवामा उडान गरेकाले अब नियमित उडान तथा डाइभर्ट भएका जहाजसमेत भैरहवामा अवतरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

विमानस्थल कार्यालयका प्रवक्ता कुमार सुजखुका अनुसार विसं २०८० पुस १६ गतेदेखि विसं २०८१ पुस १६ गतेसम्म अन्तर्राष्ट्रियतर्फ भैरहवामा २९७ जहाज उडान अवतरण भएका छन् । उक्त उडान अवतरणबाट नौ हजार ८९ यात्रुले हवाईसेवा लिएका छन् । त्यस्तै विसं २०८२ साउन १ गतेदेखि फागुन २७ गतेसम्म भएका १७० उडान अवतरणबाट छ हजार ८७४ यात्रुले अन्तर्राष्ट्रिय हवाईसेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ