alliance khabar

बिहिबार, साउन २८, २०८३

दमौली (तनहुँ), साउन २८ गते । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनुभएको छ।

आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनुपर्ने विगतको अवस्था अन्त्य गर्न करको दायरा फराकिलो बनाउने नीति लिइएको स्पष्ट पार्नुभयो।

जनताको विकाससम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दातृ निकायको ऋणसमेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। “हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ। राज्यको अत्यावश्यक दायित्व साढे १३ सय अर्ब रुपियाँ रहेकोमा सरकारको आम्दानी १२ सय ५० अर्ब रुपियाँको हाराहारीमा मात्र छ,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौँ।”

करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

सरकारले २१ सय २४ अर्ब रुपियाँको बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गरी ६६ खर्ब रुपियाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको उहाँले प्रस्ट पार्नुभयो। साथै, छिट्टै गैरआवासीय तथा प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्ने अनुकूल वातावरण तयार गरिने जानकारीसमेत उहाँले दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ