काठमाडौँ, मङ्सिर १७ गते । मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो । व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आव २०८१/८२ मा २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात भएको हो । […]
काठमाडौँ, मङ्सिर १७ गते । ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतामा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैङ्कका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गर्नुभयो । आयोजनामा कुमारी […]
काठमाडौँ, मङ्सिर १६ गते । नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ५० लाख रुपियाँ प्रदान गरेको छ । उक्त रकमसहित कोषमा आइतबारसम्म ११ करोड ८२ लाख रुपियाँ जम्मा भएको छ । उक्त कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]
काठमाडौँ, मङ्सिर १६ गते । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत पनि निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै थप खुकुलो प्रावधान ल्याइएको पनि जनाएको छ । नेपाल राष्ट्र बैङ्कले समीक्षामार्फत जेनजी आन्दोलनपश्चात् अर्थतन्त्र स्थिरतर्फ उन्मुख भएको दाबी गर्दै उद्यमी […]
काठमाडौँ, मङ्सिर १६ गते । डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौताबापत छ उद्योगले थप किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दोस्रो किस्ता भुक्तान गर्नेमा अशोक स्टिल्सले ६३ लाख, हुलास स्टिल्सले ५० लाख ४३ हजार, हामा आइरनले २० लाख ८९ हजार रुपियाँ भुक्तान गरेका छन् । त्यस्तै सर्वोत्तम सिमेन्टले […]
काठमाडौँ, मङ्सिर १६ गते । सेजन दिवसका अवसरमा विभिन्न विधामा आर्थिक पत्रकारलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा आर्थिक पत्रकारलाई अवार्ड वितरण गरिएको हो । जस अनुसार यस वर्षको सेजन अवार्ड अनलाइन खबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका […]
सिरहा, मङ्सिर १५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित […]
काठमाडौँ, मङ्सिर १५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो […]
काठमाडौँ, मङ्सिर १४ गते। प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभयो। ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ। सिआइबीले यसअघि गत […]
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपियाँ कायम […]