alliance khabar

मंगलबार, आश्विन २०, २०८३

सिन्धुपाल्चोक, असोज २० गते ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्न जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ को तयारी तीव्र पारेको छ।

गाउँपालिकामा प्रसिद्ध जुगल हिमालसहित दर्जनौँ हिमशृङ्खला, डल्ले पोखरी, घिच्चे झरना, स्यावल पोखरी, अमिलो पानी, खस्रे पार्क, दोमोङ पोखरीलगायतका पर्यटकीय स्थल छन्। ती पर्यटकीय स्थललाई विश्वमाझ प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन ‘जुगल भ्रमण वर्ष २०८३’ मनाउन लागिएको गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयो।

जुगल गाउँपालिकाभित्रका प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको पहिचान गरी त्यसबाट गाउँपालिका र पालिकावासीको समृद्धि खोज्न ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गर्न लागिएको अध्यक्ष स्याङ्बोले बताउनुभयो। पर्यटकीय स्थलको प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याएर देश–विदेशमा जुगल गाउँपालिकालाई चिनाउन भ्रमण वर्ष अघि बढाइएको उहाँले बताउनुभयो।

जुगल गाउँपालिका हिमालको काखमा अवस्थित छ। गाउँपालिकामा शेर्पा, तामाङलगायत लोपोन्मुख जातजातिको आफ्नै संस्कृति र भेषभूषा छन्। यहाँ ठूला–साना नदी तथा खोला, झरना, लोपोन्मुख वन्यजन्तु र चौँरीयाक पाइन्छन्। हिमाली क्षेत्र भएकाले विभिन्न प्रजातिका जडीबुटीसमेत पाइने गाउँपालिकाले जनाएको छ।

पर्यटन क्षेत्र जाने मार्ग तयार गर्ने, पर्यटकीय स्थलको ऐतिहासिक महत्त्वबारे प्रचारप्रसार गर्ने, सडक, पुल, पदमार्ग, सुरक्षा प्रबन्ध र शौचालयलाई थप व्यवस्थित बनाउने तथा स्थानीय अर्गानिक उत्पादन बढाएर पर्यटकलाई स्थानीय परिकारको स्वाद चखाउनेलगायतका दर्जनौँ महत्त्वाकाङ्क्षी योजनासहित गाउँपालिकाले भ्रमण वर्ष अघि बढाएको हो।

‘जुगल भ्रमण वर्ष २०८३’ मार्फत पर्यटन प्रवर्द्धन गरी गाउँपालिकाका नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखिएको अध्यक्ष स्याङ्बोले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ