alliance khabar

आइतबार, आश्विन १८, २०८३

काठमाडौँ, असोज १८ गते ।

नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा ४२० किलोलिटर (चार लाख २० हजार लिटर) क्षमताको इन्धन भण्डारणगृह निर्माण सुरु गरेको छ ।

कर्णालीमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यसहित डिजेल २८० किलोलिटर क्षमता (दुई लाख ८० हजार लिटर) र पेट्रोल १४० किलोलिटर (एक लाख ४० हजार लिटर) क्षमताको भण्डारणगृह निर्माण सुरु गरिएको निगमले जनाएको छ । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलक्षित भण्डारणगृह निर्माण भइरहेको निगमले जनाएको छ ।

बाँकी सबै प्रदेशमा इन्धन भण्डारणगृह भए पनि कर्णालीमा छैन । हाल कर्णाली प्रदेशमा भण्डारण नहुँदा ट्याङ्करबाट नेपालगन्जदेखि इन्धन आपूर्ति भइरहेको छ । अहिले निगमसँग मुलुकभर एक लाख दुई हजार १८४ किलोलिटर इन्धन (डिजेल, पेट्रोल, मटितेल र हवाई इन्धन) भण्डारण रहेको छ । सुर्खेतमा नयाँ डिपो निर्माणसँगै थप ४२० किलोलिटर भण्डारण थपिने छ । निगमका अनुसार डिजेलका ७०–७० किलोलिटर क्षमताका चार वटा र पेट्रोलका लागि ७०–७० किलोलिटर क्षमताका दुई वटा गरी ४२० किलोलिटर क्षमताका ठुला भूमिगत ट्याङ्की निर्माण भइरहेको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले एक साताको माग धान्ने गरी भण्डारणगृह निर्माण भइरहेको जानकारी दिनुभयो । सुर्खेतमा भण्डारणगृह निर्माण भएपछि कर्णाली प्रदेशमै आपूर्ति व्यवस्था सहज हुने ठाकुरको भनाइ छ । “इन्धन भण्डारण नहुँदा भारतबाट आएको इन्धन नेपालगन्जस्थित डिपोमा राखेर मात्र कर्णालीमा पठाउनुपर्ने बाध्यता थियो,” प्रवक्ता ठाकुरले भन्नुभयो, “अब सुर्खेतमै आफ्नै डिपो सञ्चालनमा आएसँगै नेपालगन्जको भर पर्नुपर्ने अवस्थाको अन्त्य भई आपूर्ति व्यवस्था सहज हुने छ ।” अहिले भण्डारण नहुँदा नेपालगन्जबाट ट्याङ्कर लैजानुपर्ने भएकाले आपूर्तिमा असहज हुँदा बजारमा समय समयमा इन्धन अभाव हुने गर्छ ।

अहिले ३५ प्रतिशत काम सकिसकेकाले चालु आवभित्रमै भण्डारणगृह निर्माण गरिसक्ने निगमले जनाएको छ । निगमका अनुसार हालसम्म कम्पाउन्ड वाल (घेराबार), ट्याङ्कीको फाउन्डेसन निर्माण पूर्ण रूपमा सकिएको छ । ट्याङ्कीहरूको फ्याब्रिकेट कार्य सकिएर ट्रान्सपोर्टेसनको चरणमा रहेको छ । करिब ११ करोड लागतका सो भण्डारणगृह निर्माण भइरहेको निगमले जनाएको छ ।

निगमका अनुसार कर्णाली प्रदेशमा हाल दैनिक पेट्रोल ४० देखि ६० किलोलिटर र डिजेल १२० देखि १४० किलोलिटर खपत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ