वीरगञ्ज (पर्सा), असोज १४ गते । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/२०८४ को बजेट संशोधन गरी २१ करोड रुपियाँ घटाएको छ । बुधबार वीरगञ्ज महानगरपालिकाको २१ औं विशेष नगरसभाले यसअघि असार १० गते सम्पन्न २० औं नगरसभाले ल्याएको बजेटमा संशोधन गरी त्यसमा २१ करोड रुपियाँ घटाएर नयाँ बजेट ल्याएको हो । महानगरका नगर प्रमुख राजेशमान […]
काठमाडौँ, असोज १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोषमा हालसम्म मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपियाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ […]
रुपन्देही, असोज १४ गते । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका पर्खाइमा रहेको छ । विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको […]
हेटौँडा, असोज १४ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास निर्माणका योजनामा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट प्रयोग गर्ने भएको छ । गाउँपालिकाले हेटौँडा–९ स्थित हेटौँडा सिमेन्ट उद्योग लिमिटेडसँग मंगलबार सम्झौता गर्दै ५० किलोका ५० हजार ६२८ बोरा ओपिसी सिमेन्ट खरिद गर्ने भएको हो । सम्झौताअनुसार गाउँपालिकाले उद्योगलाई तीन करोड ४६ […]
काठमाडौँ, असोज १२ गते । वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक समारोहमा पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका उहाँलाई नगद रु एक लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको […]
अर्घाखाँची, असोज १२ गते । सामान्यतः रोपेको तीनदेखि चार वर्षपछि फल दिन थाल्ने कफी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाँडाका कृषक पुष्करनाथ बन्जाडेको बारीमा भने दोस्रो वर्षमै फल्न थालेको छ । बन्जाडेले दुई वर्षअघि रोपेका करिब तीन सय कफीका बिरुवामा अहिले हाँगाभरि फल लागेको छ । कफी खेतीमा खाडल तयारी, जैविक मल, छहारी र नियमित स्याहारमा विशेष ध्यान दिँदा […]
ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न (थन्क्याउन) भ्याइनभ्याइ छ । जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको अलैँची थन्क्याउने मौसम सुरु भएसँगै किसानलाई अलैँची टिप्न चटारो भएको हो । अलैँची थन्क्याउने समय भएकाले किसानलाई यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा भ्याइ–नभ्याइ भएको छ । असोज र कात्तिक महिना अलैँची थक्याउने मुख्य मौसम […]
काठमाडौँ, असोज १० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ । बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको भएको छ । उहाँसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, […]
काठमाडौँ, असोज १० गते । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले आफू विदेश जाँदाको लागत असुल गर्न औसत साढे तीन महिनादेखि साढे चार महिनाको पारिश्रमिक लाग्ने गरेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को प्राविधिक सहयोगमा तयार पारेको श्रम आप्रवासनको लागत खर्चसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन अनुसार श्रमिकले भर्ना प्रक्रियामा गरेको […]
नारायणगढ, असोज ६ गते । चितवनमा उद्योग दर्ताका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ । उद्योग दर्ता तथा नवीकरणको सेवा अनलाइनबाटै लिन थालिएपछि सेवाग्राहीलाई समय र खर्चको बचत मात्रै भएन कार्यालय पुग्नुपर्ने झन्झट पनि हटेको हो । उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले कार्यलयले […]