नेपाललाई भारतको १० टन राहत सामग्री र औषधी सहयोग

काठमाडौँ, भदौ ११ गते । भारत सरकारले भोटेकोशी बाढी प्रभावितका लागि नेपाललाई १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधी सहयोग गरेको छ । भारतले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै उक्त सहायता समग्री हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

टुट्यो मुख्य व्यापारिक नाका

काठमाडौँ, भदौ ११ गते । नेपाल–चीन जोड्ने उत्तरी नाकाको व्यापारिक सम्बन्धविच्छेद भएको छ । बुुधबार बिहान रसुुवामा आएको बाढीका कारण रसुवागढीको पुल बगाएसँगै दुुई देश जोड्ने व्यापारिक सम्बन्ध टुटेको हो । यसबाट आयातनिर्यात ठप्प भएको छ । रसुुवा भन्सार कार्यालयको भवन र भन्सार पास गरी नेपाल भित्रिन लागेका सामान बोकेका कन्टेनर र विद्युुतीय सवारीसाधनसमेत बगाएको […]

बाढीपीडितलाई आइएफआरसीको १९ करोड सहयोग

काठमाडौँ, भदौ ११ गते ।  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, […]

भारत, चीन र विश्व बैंकले सोधे, कस्तो सहयोग कहाँ पठाऊँ?

काठमाडौँ, भदौ १० गते ।  विपतग्रस्त नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय थालेका छन्। बाढीको समाचार बाहिरिएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपियाँसम्म सहयोग गर्न सकिने […]

हवाई भाडा वृद्धि नगर्न क्यानको आग्रह

काठमाडौँ, भदौ १० गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीलाई आग्रह गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो । “हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट […]

बाढी प्रभावितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने

अर्घाखाँची, भदौ १० गते ।  सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशीमा गएको बाढीबाट भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनः स्थापनाका लागि कर्मचारीले एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय […]

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्याट’ परिचालन गर्ने

काठमाडौँ, भदौ १० गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय […]

रसुवा बाढी प्रभावितको लागि बुढानीलकण्ठले १५ लाख ७२ हजार सहयोग गर्ने

काठमाडौं , भदाै १० गते ।  रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको २०८३ भदौ १० गते बसेको बैठकले नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

रसुवा बाढी प्रभावितको उद्धार र उपचारमा गोकर्णेश्वर नगरपालिकाको सहयोग

काठमाडौं भदौ १० गते। रसुवा जिल्लाको भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्ला तथा आसपासका सीमा जोडिएका जिल्लाहरुमा जनधनको क्षति भएपछि गोकर्णेश्वर नगरपालिकाले विपद् प्रभावितको उद्धार तथा उपचारमा सहयोग गर्ने भएको छ। बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुप्रति गोकर्णेश्वर नगरपालिकाले दुःख व्यक्त गर्दै विपद्मा परेका तथा घाइते नागरिकको उद्धारका लागि दुईवटा एम्बुलेन्स […]

यस्तो छ आज कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ १० गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ५०, आलु […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ