नेपालगन्ज, भदौ ३० गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम पाँच वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएपछि शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणलाई प्राथमिकता दिँदै कामलाई तीव्र गतिमा अघि बढाइएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो। […]
काठमाडौँ, भदौ ३० गते । नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन […]
काठमाडौँ, भदौ ३० गते । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाउँदै छन्। मङ्गलबार हिन्दु धर्मावलम्बी नारीहरू नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो एवं खरानी लगाएर स्नान […]
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँ उभिएका छन् । सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेकपा (एमाले) का […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कामप्रतिको जोश र सक्रियता बढ्नेछ । लामो समयदेखि रोकिएका कामले गति लिनेछन् । व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ सम्भावना देखिन सक्छ । आम्दानीमा सुधारको अवसर भएपनि फजुल खर्चबाट जोगिनु उचित हुनेछ । परिवारसँगको सम्बन्धमा आत्मीयता बढ्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, […]
काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका तिजको अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तिजको हार्दिक शुभकामना ।” आज मुलुकभर हरितालिका तिज मनाइँदैछ ।
काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्व र राष्ट्रिय बालदिवस–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले हरितालिका (तिज) ले महिलाविरुद्ध हुन सक्ने सबै प्रकारका भेदभाव, हिंसाजन्य कार्य तथा अन्याय अन्त्य […]
काठमाडौँ, भदौ २९ गते । हरितालिका तिज पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि महिला दिदीबहिनीको चहलपहल बढेको छ । तिजको अवसरमा व्रत बसेका महिलाहरू पूजाआजा तथा दर्शनका लागि पशुपतिनाथ पुगेका छन् । हरितालिका तिज नेपाली महिलाहरूले विशेष उत्साह र श्रद्धाका साथ मनाउने पर्व हो । तिजका अवसरमा महिलाहरू रातो पहिरन, गरगहना र चुरा–पोतेमा सजिएर […]
काठमाडौँ, भदौ २९ गते । लोकप्रिय नाट्य संस्था ‘शैली थिएटर’ले १८ सेप्टेम्बर २०२६ देखि दुई विशेष नाटक मञ्चनको तयारी गरिरहेको छ। रसियन हाउस’को साझेदार संस्थाका रूपमा समेत काम गर्दै आएको सो संस्थाले १८ सेप्टेम्बरदेखि एन्टोन चेखोभको लोकप्रिय एकांकी नाटक ‘द स्वान सङ’को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ प्रस्तुत गर्नेछ। त्यसैगरी, २३ सेप्टेम्बरदेखि महेश पौड्यालको मौलिक नेपाली […]
घोराही, भदौ २९ गते । चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका छन् । गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित बनेका हुन् । राप्ती गाउँपालिका–७, सिसहनिया निवासी रणप्रसाद सुवेदीले कृष्ण जन्माष्टमीदेखि हालसम्म नौ लाख रुपियाँको केरा बिक्री गरेको बताउनुभयो । सिसहनियालगायत देउखुरी क्षेत्रमा ३५ बिघा क्षेत्रफलमा व्यावसायिक […]