काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो । विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज […]
काठमाडौँ, असोज १ गते । हरेक वर्ष असोज १ गते हिन्दू धर्मावलम्बीले विश्वकर्मा पूजा मनाउने गर्छन् । आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण तथा औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ । कालिगड तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्नेहरूले फलामे औजार र उपकरणको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन् । समुद्र मन्थनबाट […]
काठमाडौँ, भदौ ३१ गते । हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मङ्गलबारको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा व्यवसायीले त्यस्तो सुझाव दिएका हुन् । क्यासिनोको नवीकरण हरेक वर्षबाट बढाएर पाँच वर्षमा गर्न र एउटा होटेलमा एकभन्दा बढी क्यासिनो […]
ताप्लेजुङ, भदौ ३१ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै […]
काठमाडौँ, भदौ ३१ गते । बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा सडक क्षतिका कारण मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। सडक अवरोधसम्बन्धी विवरणअनुसार केही खण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सवारीसाधन प्रभावित हुने जनाइएको […]
काठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार शीर्ष नेतृत्वबिच सर्वदलीय बैठक बस्ने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
विराटनगर, भदौ ३१ गते । चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी (बटर) को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा एक महिनाको अवधिमै घिउको मूल्य प्रतिकिलो दुई सय रुपियाँसम्मले वृद्धि भइसकेको छ । मूल्य बढे पनि उपभोक्ताले बजारमा सहज रूपमा घिउ पाइरहेका […]
काठमाडौँ, भदौ ३१ गते । मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा स्थानीय म्याग्निच्युड ४.५ को भूकम्प गएको हो। त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ। दुवै […]
बुटवल, भदौ ३० गते । बुटवल उपमहानगरपालिकाले तिनाउ नदी आसपासका बस्तीको जोखिम पहिचान गरी विपत् पूर्वतयारीको योजना अघि बढाउने भएको छ । बर्खायाममा तिनाउ नदीमा पानीको बहाब बढ्दा बुटवलका नदी किनारका बस्तीमा बाढी तथा डुबानको जोखिम रहने भएकाले सम्भावित जोखिमको अवस्था पहिचान गरी आवश्यक सुरक्षा योजना बनाउने तयारी उपमहानगरपालिकाले गरेको हो । उपमहानगरपालिकाले वडा तहबाटै जोखिमयुक्त क्षेत्रको […]
वासिङ्टन, भदौ ३० गते । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेल–इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ । अदालतले प्रशासनले उक्त योजनामाथिको रोक हटाउन गरेको अनुरोध अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाकमार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको छ । नौ सदस्यीय अदालतका छ कन्जरभेटिभ […]