सरकारको नीतिविपरीत मलेसिया पठाउने कम्पनीमाथि छानबिन

काठमाडौँ, भदौ २९ गते । वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) मा आबद्ध २५ नेपाली इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी कम्पनीमाथि छानबिन थालेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवकाे  निर्देशनपछि विभागले ती २५ वटा वैदेशिक कम्पनीको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा रहेको विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गर्दा अपनाइएका प्रक्रियाबारे […]

विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः०० बजे सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरु डा विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका […]

बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरको चारै ढोका खोलिने

काठमाडौँ, भदौ २८ गते । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाएको जानकारी दिएको हो । कोषका अनुसार यस वर्षको हरितालिका तीज […]

प्रधानसेनापति सिग्देल बेइजिङ प्रस्थान

काठमाडौँ, भदौ २८ गते ।  नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । चीनको निमन्त्रणामा यही भदौ २८ गतेदेखि असोज ३ गतेसम्म हुने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने तेह्रौं बेइजिङ सियाङशान मञ्चमा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा […]

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौँ, भदौ २८ गते ।  पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा (एमाले) का नेता आवासीय बैठकमा व्यस्त छन् । गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारी […]

विश्वव्यापी आपूर्ति दबाबबिच सिरियामा इन्धनको मूल्य बढ्यो

दमास्कस, भदौ २८ गते । विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारण सम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूची अनुसार, ९५-अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट […]

ढोरपाटनको मौलिकता जोगाउने चुनौती

बागलुङ, भदौ २८ गते ।  नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा परम्परागत रुपमा ढुंगामाटोले बनेका घरलाई काठका फलेकले छाउने चलन छ । खोलाखोल्सीमा पनि काठका स–साना पुलपुलेसा राखिन्छ । पशुचरन गर्ने पाटनमा घाँस नकाट्ने अझै चलन छ । रासायनिन मल भित्रिन नदिन रैथाने अन्नबालीमा कम्पोष्ट मल मात्रै प्रयोग गरिन्छ । ३ हजार मीटर उचाइमा बसोबास गर्ने […]

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ जना पक्राउ

सान्टियागो, भदौ २८ गते । चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन् । सरकारले शनिबार यसको जानकारी दिएको हो । सन् १९७३ देखि १९९० सम्म चलेको पिनोचेको शासनले चिलीमा गहिरो राजनीतिक र सामाजिक घाउ छोडेको थियो । शासनको अन्त्यपछि पहिलो पटक यस वर्ष उक्त अवधिको सम्झनामा […]

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौँ, भदौ ३ गते ।  नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी-२०आई क्रिकेटमा १४२ विकेट […]

नीति टेलिकमकी सद्भावना दूत

काठमाडौँ, भदौ २७ गते । नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र शाहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।  ब्रान्ड एम्बेसडर बनेसँगै शाहले कम्पनीले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्धनसम्बन्धी कार्यमा भूमिका खेल्ने जनाइएको छ । प्रबन्ध निर्देशक पहाडीले मनोरञ्जन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ