alliance khabar

बुधबार, आश्विन १४, २०८३

सर्लाही, असोज १४ गते ।

सर्लाहीसहित मधेशका जिल्लामा असोजमै बाक्लो हुस्सु लाग्न थालेको छ । मङ्सिर–पुसमा झैँ डम्म हुस्सु लागेपछि मधेशको मौसम प्रतिकूल बनेको हो । बुधबार बिहानैदेखि नजिकैको दृश्यसमेत नदेखिने गरी बाक्लो हुस्सु लागेको छ ।

मलङ्गवा नगरपालिका–८ का स्थानीय शिवचन्द्र चौधरीले असोजमै यसरी बाक्लो हुस्सु लागेर फरक प्रकृतिको मौसम देखिँदा अचम्म लागेको बताउनुभयो । मलङ्गवासहित दक्षिणी भेगमा भारी वर्षा रोकिएलगत्तै बाक्लो हुस्सु लाग्न थालेको चौधरीले जानकारी दिनुभयो ।

असोजमै यस्तो प्रकारको मौसम देखिएपछि अधिकांश मानिस आश्चर्यमा परेको चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो हुस्सु, कुहिरो त मङ्सिर–पुसमा देखिन्थ्यो तर यस वर्ष मध्य असोजमै देखिँदा आश्चर्य लागेको छ ।”

सर्लाहीको चुरे क्षेत्रतर्फ भने बिहान पातलो हुस्सु लागे पनि हटेर घाम देखिन थालेको स्थानीयले बताएका छन् । चुरे क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरखबहादुर बलले उत्तरी भेगको मौसम उघ्रिसकेको जानकारी दिनुभयो ।

मधेस क्षेत्रमा बिहानीपख बाक्लो हुस्सु लागेर छपक्क शीत परे पनि दिउँसो टन्टलापुर घाम लाग्दा उखरमाउलो गर्मी महसुस हुने गरेको छ । रातको समयमा भने चिसो बढ्न थालेको छ ।

गर्मी हटेर क्रमिक रूपमा चिसो बढ्दै जाँदा मौसम परिवर्तनसँगै हुने ज्वरो, रुघाखोकी, टाइफाइडलगायतका सङ्क्रमण बढेको डा। गुणेश्वर झाले बताउनुभयो । यो समयमा बालबालिकासहित शारीरिक अवस्था कमजोर भएका व्यक्तिमा मौसमजन्य सङ्क्रमण देखा पर्न सक्ने भएकाले सावधानी अपनाउन उहाँले सुझाव दिनुभयो ।

यस्तै, बाक्लो हुस्सु लागेका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्ग, हुलाकी सडकसहित दक्षिणी भेगका अन्य सडकमा सवारीसाधन बत्ती बालेर गुडिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले हुस्सु लागेको समयमा भिजिबिलिटी कम भई सवारी दुर्घटनाको जोखिम हुने भएकाले सावधानीपूर्वक सवारी चलाउन तथा यात्रा गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ