मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ काम थाल्नुअघि त्यससँग सम्बन्धित सबै पक्षलाई राम्ररी बुझ्नु उचित हुनेछ । व्यापार तथा व्यवसायमा लामो समयदेखि रोकिएका काम अघि बढ्ने सम्भावना छ । आर्थिक अवस्थामा सामान्य सुधार आए पनि अनावश्यक खर्च नियन्त्रण गर्नुहोला ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज जिम्मेवारी बढेपनि त्यसलाई पूरा गर्ने राम्रो अवसर मिल्नेछ । जागिर तथा व्यवसायमा तपाईंको मेहनतको उचित मूल्यांकन हुन सक्छ । आर्थिक कारोबार गर्दा कागजात र हिसाब किताबमा विशेष ध्यान दिनु आवश्यक छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज नयाँ जानकारी र नयाँ व्यक्तिसँगको सम्पर्क भविष्यका लागि उपयोगी बन्न सक्छ । अध्ययन तथा अनुसन्धानमा रुचि बढ्नेछ भने बौद्धिक काममा सफलता मिल्ने सम्भावना छ । व्यापारमा नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक जिम्मेवारी केही बढ्न सक्छ, तर त्यसलाई सहज रूपमा व्यवस्थापन गर्न सक्नुहुनेछ । आर्थिक विषयमा अरूको भर पर्नुभन्दा आफ्नै निर्णयलाई प्राथमिकता दिनु राम्रो हुनेछ । टाढा रहेका आफन्त वा साथीभाइसँग सम्पर्क हुन सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आत्मविश्वास बढ्नेछ र नेतृत्वदायी जिम्मेवारी प्राप्त हुन सक्छ । कार्य क्षेत्रमा तपाईंको निर्णय क्षमता र काम गर्ने शैलीको प्रशंसा हुने सम्भावना छ । आर्थिक क्षेत्रमा नयाँ अवसर देखिएपनि हतारमा लगानी गर्ने निर्णय नगर्नुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज योजनाबद्ध ढंगले काम गर्दा अपेक्षाभन्दा राम्रो परिणाम प्राप्त गर्न सकिनेछ । जागिर तथा व्यवसायमा जिम्मेवारीपूर्वक काम गर्नुहोला । आर्थिक हिसाब किताब मिलाउने र पुराना कामलाई व्यवस्थित गर्ने उपयुक्त समय छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा नयाँ सम्पर्क विस्तार हुने सम्भावना छ । कार्य क्षेत्रमा सहकर्मीबाट सहयोग प्राप्त हुनेछ । आर्थिक अवस्थामा सामान्य सुधार आएपनि विलासिताका वस्तुमा अनावश्यक खर्च बढ्न सक्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज केही महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । कार्य क्षेत्रमा पर्दा पछाडि गरिएका प्रयासले विस्तारै सकारात्मक परिणाम दिनेछन् । आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला र अनावश्यक जोखिम लिनबाट बच्नु राम्रो हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ, तर त्यसलाई सफल बनाउन निरन्तर मेहनत आवश्यक हुनेछ । व्यापार तथा व्यवसायमा विस्तारका नयाँ बाटा खुल्न सक्छन् । टाढाको यात्रा वा टाढा रहेका व्यक्तिसँग सम्पर्क हुने सम्भावना छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज रोकिएका कामलाई पुन: अघि बढाउने अवसर मिल्नेछ । कार्य क्षेत्रमा जिम्मेवारी बढेपनि त्यसबाट नयाँ अनुभव र लाभ लिन सकिनेछ । पुरानो कारोबारबाट आर्थिक लाभ प्राप्त हुनेछ । धैर्य र अनुशासनका साथ अघि बढ्दा दिन उपलब्धिमूलक बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सिर्जनात्मक सोच र नयाँ योजनाले तपाईंलाई अघि बढ्न प्रेरित गर्नेछ । व्यवसायमा नयाँ ग्राहक तथा व्यावसायिक सम्पर्क जोडिने सम्भावना छ । आर्थिक लाभका अवसर प्राप्त भएपनि आम्दानीअनुसार खर्च व्यवस्थापन गर्नुहोला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मनमा रहेका केही पुराना चिन्ता कम हुँदै जानेछन् । कार्य क्षेत्रमा धैर्य र निरन्तरता कायम राख्दा राम्रो परिणाम प्राप्त हुनेछ । आर्थिक अवस्थामा सामान्य सुधार आउनेछ । पारिवारिक तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ ।