alliance khabar

मंगलबार, आश्विन १३, २०८३

इटहरी, असोज १३ गते ।

रोजगारीको खोजीमा रहेका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदातालाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा भोलिदेखि ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सात दिनसम्म सञ्चालन हुने मेलामार्फत रोजगारी सिर्जना, सीप विकास, रोजगारदाता र श्रम बजारबीचको दूरी घटाउने तथा युवालाई स्वदेशमै रोजगारीका अवसरसँग जोड्ने तयारी गरिएको हो ।

मेलाको तयारीका सन्दर्भमा कुरा गर्दै मन्त्रालयका सचिव डा. दीपक काफ्लेले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्यायका लागि आन्तरिक रोजगारी सिर्जना आवश्यक रहेको बताउनुभयो । रोजगारी खोजिरहेका युवा र जनशक्ति आवश्यक पर्ने रोजगारदाताबिच प्रभावकारी समन्वय तथा मिलान गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोजगारी सिर्जना केवल सरकारको कार्यक्रमका रूपमा नभई निजी क्षेत्र, प्रदेश सरकार र स्थानीय तहसहित सबै पक्षको साझा प्रयासबाट अघि बढाउनुपर्ने विषय हो । रोजगारदाता र रोजगारी गर्न चाहने युवाबीच प्रत्यक्ष सम्पर्क र सहकार्यको वातावरण निर्माण गर्न मेलाले औपचारिक मञ्चको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

“रोजगारदाता र रोजगारी गर्न चाहने युवाबीच समन्वय र मिलान गराउन प्रभावकारी माध्यमका रूपमा यो मेला आयोजना गर्न लागिएको हो,” सचिव काफ्लेले भन्नुभयो ।

मन्त्रालयले मेलालाई सङ्घीय सरकारको मात्र कार्यक्रमका रूपमा नभई प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सञ्चालन गर्न लागेको जनाएको छ । सचिव काफ्लेका अनुसार सङ्घीय सरकारको समन्वयमा प्रदेश र स्थानीय तहको सहभागिता तथा निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी बनाएर रोजगारी सिर्जनाको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ ।

नेपाल सरकारले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/८३ देखि २०९१/९२ सम्मलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रूपमा अघि बढाएको छ । सोही अभियानअन्तर्गत राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेको सचिव काफ्लेले बताउनुभयो ।

सरकारको अवधारणाअनुसार श्रम बजारको मागअनुसार जनशक्तिलाई सीपयुक्त बनाउने, रोजगारी सिर्जना गर्ने तथा रोजगारदाता र रोजगार खोजकर्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

इटहरीमा आयोजना हुने मेलाको प्रमुख उद्देश्य रोजगार बजारमा देखिएको सीप र रोजगारीबीचको असन्तुलन घटाउनु रहेको छ । धेरै युवासँग शैक्षिक योग्यता वा केही सीप भए पनि उनीहरूले आफ्नो सीपअनुसारको रोजगारी नपाउने र अर्कोतर्फ उद्योग तथा व्यवसायले आवश्यकताअनुसार दक्ष जनशक्ति नपाउने अवस्था रहेको भन्दै रोजगारदाता र रोजगार खोजकर्ताबीच प्रत्यक्ष मिलान गराउने योजनाअनुरूप मेला आयोजना गरिएको मन्त्रालयका सहसचिव तथा मेला व्यवस्थापन संयोजक हेमराज तामाङले बताउनुभयो ।

उहाँका अनुसार मेलामा रोजगारदाताले आफूलाई आवश्यक पर्ने जनशक्ति, आवश्यक योग्यता, सीप, अनुभव तथा रोजगारीका क्षेत्रबारे जानकारी दिनेछन् । रोजगारी खोजिरहेका युवाले पनि आफ्नो योग्यता, सीप र अनुभव प्रस्तुत गर्न सक्नेछन् । यसबाट रोजगारदाताको माग र युवाको क्षमताबिच प्रत्यक्ष मिलान गर्ने आधार तयार हुनेछ ।

सहसचिव तामाङले रोजगारदाताको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार सीपयुक्त जनशक्ति उपलब्ध गराउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

मेलालाई रोजगार खोज्ने युवाका लागि अवसरको जानकारी दिने थलो मात्र नभई रोजगारदाता, सीप विकास गर्ने संस्था, स्थानीय सरकार र सम्बन्धित सरकारी निकायबीच समन्वयको माध्यम बनाउने तयारी गरिएको छ ।

इटहरीमा आयोजना हुने मेलाबाट सुनसरी र मोरङ मात्र नभई कोशी प्रदेशका विभिन्न जिल्लाका रोजगारी खोज्ने युवा तथा रोजगारदातालाई जोड्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ