काठमाडौँ, वैशाख २१ गते । नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य […]
सर्लाही, वैशाख ११ गते । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो । सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, […]
भारदह, चैत १८ गते। सप्तरी जिल्लाको राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह सरकारी अस्पतालको पश्चिमतर्फको वर्षौँदेखि बन्द रहेको गेट मंगलबारदेखि सञ्चालनमा आएको छ। अस्पतालमा दुईवटा गेटमध्ये पश्चिमतर्फ रहेको पुरानो गेट बन्द भएपछि बिरामी र तीर्थयात्रीहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभासद् रामजी यादवको पहलमा गेट खोल्न सफल भएको राष्ट्रिय स्वतन्त्र […]
नवलपुर, चैत ११ गते । नवलपुरमा सञ्चालन गरिएको जापानिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियानले लक्ष्य पूरा गरेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । फागुन २९ गतेदेखि सञ्चालन भएको अभियानमा एक लाख १४ हजार २३३ जना (७६.१६ प्रतिशत) ले खोप लगाएका कार्यालयले जानकारी दिएको छ । जसमध्ये ६६ हजार ७९३ महिला र ४७ हजार ४४० पुरुष रहेका […]
काठमाडौँ, चैत ९ गते । दाँतको सरसफाइले मात्र मुख तथा दाँतको ९५ प्रतिशत रोग रोक्न सकिने भए पनि दन्त स्वास्थ्यमा मानिसको बेवास्ताले गर्दा रोग बढिरहेको छ । खानपान तथा जीवनशैलीका कारण दाँतका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । दाँत किराले खाने समस्या नेपालमा मुखसम्बन्धी सबैभन्दा ठुलो समस्या देखिएको छ । त्यसपछि गिजासम्बन्धी समस्या पनि देखिएको छ […]
काठमाडौँ, चैत ८ गते । नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन गरिएको छ । शनिबार दुनैमा आयोजित भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक र कोषाध्यक्षमा मिनराज बुढा (विवस) चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुमन […]
काठमाडौँ, चैत ६ गते । मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले […]
बैतडी, चैत ४ गते । गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ । आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँमा मस्तिष्क […]
काठमाडौँ, फागुन ३० गते । नेपाली औषधी उद्योगको बजार हिस्सा खुम्चँदै गएको छ । नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारले गरेको प्रयत्न र नयाँ औषधी उद्योग थपिने क्रम जारी रहे पनि औषधीको बजार हिस्सा भने अत्यन्तै न्यून अङ्कमा सीमित हुन पुगेको छ । नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को पछिल्लो तथ्याङ्क अनुसार नेपाली औषधीको बजार विस्तारमा […]
काठमाडौँ, फागुन २८ गते । नेपालले प्रस्ताव गरेको ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। महासभाले मार्च १० मा प्रस्ताव अनुमोदन गरेपछि अब हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर उक्त दिवस मनाइने भएको हो। यसलाई नेपालका लागि कूटनीतिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई […]