जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ, पुस ६  गते ।  दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक  संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ ।  नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग /अलग दुई कार्यक्रम आयोजना गरेकोे छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित […]

सुर्तिजन्य पदार्थको सेवनले वर्षेनि ३८ हजारभन्दा बढीको ज्यान जाँदै

बागलुङ, पुस ६ गते । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ विषयक अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थको सेवनले ३९ हजार दुई […]

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ, पुस ६ गते । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत […]

बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए

नेपालगन्ज, मङ्सिर २७ गते ।  बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो […]

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ, मङ्सिर ,२६ गते ।  यहाँको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै  गएराति हिउँ चितुवाको आक्रमणमा परी १६  भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ । किसान  परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा  खोरमा ४५ भेडाच्यांग्रा […]

बडीमालिकाले वडामा छाउगोठ मुक्त घोषणा कार्यक्रम सुरु गर्दै

बाजुरा मङ्सिर २६ गते  ।   बाजुराको बडीमालिका नगरपालिकाले यहाँका वडामा छाउगोठ मुक्त घोषणा गर्ने कार्यक्रम सुरु गर्दै आएको छ । छाउप्रथा सामाजिक कुसंस्कारका रुपमा रहेको र यसले यहाँका धेरै महिला दिदिबहिनीहरुको ज्यान जोखिममा पार्दै गएकाले छाउप्रथालाई जरैदेखि उखेल्ने गरी सो पालिकाले छाउगोठ मुक्त घोषणा गर्ने अभियान सुरु गरेको हो । गत बुधबार मात्र पाकिलाले यहाँको […]

हुम्ला अस्पतालमा बायोमेडिकल ल्याव स्थापना

हुम्ला, मङ्सिर २५ गते । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि आवश्यक उपकरणका मर्मतका लागि उक्त ल्याव स्थापना गरिएको हो । अस्पतालमा प्रयोग हुने उपकरणका लागि मर्मत गर्न अति आवश्यक पर्ने बायोमेडिकल ल्याव स्थापना भएर सुचारु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख […]

धौलागिरी अस्पतालको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त

बागलुङ (गलकोट), मङ्सिर २४ गते ।  बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले नियुक्ति गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्का प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिनुभयो । प्रवक्ता […]

योग शिक्षा विस्तार गर्न गाउँ–गाउँमा प्रशिक्षक उत्पादन गर्दै मनमोहन विश्वविद्यालय

विराटनगर, मङ्सिर २२ गते । कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी […]

६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर, मंसिर २० गते । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। लायन्स क्लब अन्तर्रास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५ का क्लबको आयोजनामा वरिष्ठ विशेषज्ञ डाक्टरहरुको उपस्थितमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३ सय ९ जना पुरुष र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल