काठमाडौँ, कात्तिक ३० गते । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहनुभएका डा.ढकाल विभागको महानिर्देशकमा नियुक्त हुनुभएको हो । यसअघि, विभागका महानिर्देशक डा.टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । डा.बाराकोटीको […]
म्याग्दी, कात्तिक २९ गते । म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको स्वास्थ्य शिविरमा एक सय ८४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । नेपाली सेनाको गुरु गोरख गुल्मको संयोजकत्वमा सञ्चालन […]
रुकुमपश्चिम, कात्तिक २८ गते । रुकुमपश्चिमबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका ६ निवासी ३९ वर्षीया मोती बिकलाई शुक्रबार हेलिकोप्टर मार्फत रुकुमपश्चिमको सल्लेबाट सुर्खेत लगिएको हो । रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार स्वास्थ्य अवस्था गम्भिर भएको जानकारी जिल्ला अस्पतालले गराएपछि राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत उहाँलाई […]
काठमाडौँ, कात्तिक २६ गते । काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले […]
विराटनगर, कात्तिक २४ गते । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । प्रदेश खोरेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्य अनुरूप विराटनगर–१२ स्थित बन्जरा एग्रो फार्ममा रहेका गाईमा निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश […]
(बाजुरा) कात्तिक २३ गते । बाजुराको मार्तडीमा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नीसम्बन्धी स्वास्थ्य शिविरबाट एक हजार ६ सय ६० जना नागरिक लाभान्वित भएका छन् । कात्तिक १७ देखि २१ गतेसम्म चलेको उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ, बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सम्पन्न भएको हो । अस्पतालका अनुसार ९२ जनाको शल्यक्रिया (अपरेशन) […]
गुलरिया (बर्दिया) कार्तिक १९ गते । बर्दियामा आयोजित शिविरमा १४ वटा हात्तीकाे उपचार गरिने भएको छ । अमेरिकी पशुचिकित्सक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको हात्ती स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचार गरिएको हो । मङ्गलबारदेखि सञ्चालन भएको शिविर बुधवार साँझसम्म चल्नेछ । […]
काठमाडौं , कार्तिक १८ गते । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । १०० शैय्यामा स्तरोन्नतिको प्रक्रियामा रहेको अस्पतालले आगामी कात्तिक २४ गते राय सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । बागमती प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शैय्यामा स्तरोन्नतिका प्रदेश सरकारलाई प्रस्ताव […]
बागलुङ, कात्तिक १८ गते । पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ । नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ । अस्पताल […]
सिन्धुलीमाढी, कात्तिक १७ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था (चौकी) हरूमा प्रसूति सेवा विस्तारसँगै सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको हो । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन सुरु भएपछि नियमित गर्भ जाँच […]