आज मिति २०८३ भदाै ०९ गते , 25 Aug 2026 , मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम अघि बढ्नेछन् । कार्य क्षेत्रमा मेहनतको प्रशंसा हुनुका साथै नयाँ जिम्मेवारी पाउने सम्भावना छ । व्यापारमा नयाँ अवसर मिल्न सक्छ । आर्थिक लाभ भएपनि अनावश्यक खर्चबाट जोगिनुहोला । परिवारमा सुखद वातावरण रहनेछ । स्वास्थ्य सामान्यत: राम्रो रहनेछ । वृष (इ, उ, ए, […]

मलेसिया श्रमिक पठाउन सिन्डिकेट

काठमाडौँ, भदौ ८ गते । मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले आइतबार मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने […]

मुस्ताङमा थाक खेलकुद असोज ८ देखि

मुक्तिनाथ (मुस्ताङ), भदौ ८ गते। थाक खेलकुद तथा सांस्कृतिक विकास संघको ५२औँ संस्करणको थाक खेलकुद प्रतियोगिता असोज ८ देखि १० गतेसम्म थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आयोजना हुने भएको छ। प्रतियोगितामा सर्वाधिक धनराशिको पुरुष तथा महिला भलिबल, छेलो, तारा खेल, आधुनिक आर्चरी, सांस्कृतिक तथा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रतियोगितामा थकाली समुदायको पहिचान, संस्कृति […]

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ ७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]

मुढेको छुर्पी व्यापार बढ्यो

सिन्धुपाल्चोक, भदौ ५ गते  । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५, मुढेक्षेत्र ‘मुढेको आलु’ का लागि प्रख्यात छ । पछिल्लो समय मुढे आलुसँगै स्वादिष्ट छुर्पी उत्पादन हुने क्षेत्रका रूपमा पनि परिचित हुन थालेको छ । मुढेको छुर्पीको स्वादका कारण पछिल्लो समय स्वदेशी तथा विदेशी उपभोक्तामाझ यसको माग बढ्दै गएको छ । मुढेमा दैनिक १० लाख रुपियाँभन्दा बढीको छुर्पी बिक्री […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, भदौ ५ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८४ पैसा र बिक्रीदर १५३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ९१ पैसा र बिक्रीदर १७९ रुपियाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ, भदौ ४ गते ।  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ ४ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]

निसीखोलाले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्‍यो

  गलकोट (बागलुङ), भदौ ३ गते ।  बागलुङको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ । गाउँपालिकाले ७४ लाख रुपियाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ८७ लाख ६१ हजार २२९ रुपियाँ राजस्व संकलन गर्न सफल भएको हो । निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरका अनुसार लक्ष्यभन्दा १८.४ […]

श्रमिकलाई डेढ करोड पारिश्रमिक भुक्तानी गराइयो

काठमाडौँ, भदौ ३ गते  । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो एक महिनामा करिब डेढ करोड रुपियाँ बराबरको रकम श्रमिकको पारिश्रमिकबापत भुक्तानी गर्न सफल भएको छ । विभागको सक्रियतामा गएको साउनमा विभिन्न रोजगारदाता कम्पनी र प्रतिष्ठानमा आएका उजुरीका आधारमा श्रमिकलाई एक करोड ४० लाख ५२ हजार ८१५ बराबरको पारिश्रमिक भुक्तानी गराएको हो । विभागका महानिर्देशक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ