alliance khabar

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ, असोज २ गते ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ ।

तीनदिने भ्रमणका लागि उहाँ बिहीबार भारत प्रस्थान गर्नुभएको थियो । बिहीबार नै उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

आज बिहान ९ बजे उहाँ पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ । इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उक्त संवादमा अर्थमन्त्री डा। वाग्लेले प्रमुख अतिथिका रूपमा विचार व्यक्त गर्नुहुनेछ ।

आजै अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताको समय साँझ ५ बजेका लागि निर्धारण गरिएको छ ।

त्यसैगरी, अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । भारत मण्डपममा आयोजना हुने उक्त कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे बृहत् तथा उच्चस्तरीय छलफल हुनेछ ।

अर्थमन्त्रीको उच्चस्तरीय तीनदिने भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास, नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।

भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्रसँगको भेटघाट तथा अन्य उच्चस्तरीय भेटवार्तापछि अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ