alliance khabar

सोमबार, आश्विन ०५, २०८३

काठमाडौँ, असोज ५ गते । विद्युतकाे प्रयोग बढाएर खपत बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको सातौँ महाधिवेशमा आइतबार सहभागीले मुलुकभर विद्युत्को पहुँच ९९ प्रतिशत पुगिसकेकाले खपत बढाउनुपर्ने बताउनुभएको हो ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले देशलाई पूर्ण विद्युतीकरणतर्फ लैजान समुदाय र उपभोक्ता समितिको ठुलो योगदान रहेको बताउनुभयो ।

विद्युत् पहुँच नपुगेका दुर्गम तथा विकट क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायसँग प्राधिकरणले गरेको सहकार्यका कारण बिजुली पुर्‍याउन सम्भव भई शतप्रतिशत विद्युतीकरणको लक्ष्य नजिक पुग्न सफल भएको उहाँको भनाइ छ ।  प्रतिनिधि सभा सदस्य भूमिका सुब्बा लिम्बूले सामुदायिक विद्युत् विकासका लागि नीतिगत तवरबाट पहल गरिने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले मुलुकभर ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युत्को पहुँच पुगिसकेको वर्तमान अवस्थामा पहुँच विस्तारसँगै विद्युत्को अधिकतम उपयोग र गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

स्थापनाकालदेखि नै केन्द्रले सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा साझेदार निकायसँगको सहकार्यमा आधुनिक ऊर्जाको पहुँच अभिवृद्धि गर्दै आएको बताउँदै उहाँले सामुदायिक विद्युतीकरण तथा लघुजलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक ऊर्जा जस्ता अफ ग्रिड प्रणालीमार्फत दुर्गम क्षेत्रमा विद्युत् पुर्‍याउन सफल भएको उल्लेख गर्नुभयो ।

विद्युत् खपत बढाउन घरायसी प्रयोजनका लागि विद्युतीय चुलो (इन्डक्सन), वासिङ मेसिन र वातावरण अनुकूलनका उपकरण प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष नारायण ज्ञावलीले नेपालमा सामुदायिक विद्युतीकरण अभियानले दुई दशक पार गरिसक्दा ग्रामीण भेगका लाखौँ नागरिकलाई उज्यालोसँग जोड्न सफल भए पनि भौतिक संरचनाको जीर्णता र पर्याप्त बजेटको अभावका कारण सेवा सञ्चालनमा चुनौती थपिएको बताउनुभयो ।

५५ जिल्लाका तीन सयभन्दा बढी सामुदायिक विद्युत् संस्थामार्फत छ लाख घरपरिवारसम्म विद्युत् सेवा पुगेको तर बजेटमार्फत विद्युत्मा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ले ग्रामीण उपभोक्ता र सामुदायिक संस्थालाई थप भार थपेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ