alliance khabar

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ, असोज २ गते ।

 चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ) मा २५ अर्ब रुपियाँभन्दा बढीले सरकारको राजस्व बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको भदौसम्म एक खर्ब ८३ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ जुन गत आवको सोही महिनाको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपियाँले बढी हो ।

गत आवको भदौसम्म एक खर्ब ५७ अर्ब ६७ करोड ३९ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु वर्षको भदौसम्म सङ्कलित राजस्वमध्ये एक खर्ब ७२ अर्ब ४२ करोड रुपियाँ कर राजस्व र १० अर्ब ७७ करोड रुपियाँ गैरकर राजस्व रहेको कार्यालयले जनाएको छ ।

यसबाहेक सरकारले अनुदान र अन्य प्राप्तिमार्फत पनि आम्दानी गरेको छ । कार्यालयका अनुसार समीक्षा अवधिसम्म सरकारले पाँच अर्ब ५३ करोड सात लाख रुपियाँ अनुदान प्राप्त गरेको छ । यसबाहेक एक अर्ब ३७ करोड रुपियाँ अन्य प्राप्ति रहेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसहित भदौसम्म सरकारले एक खर्ब ९० अर्ब १० करोड रुपियाँ आम्दानी गरेको छ जुन गत आवको भदौसम्मको तुलनामा ३० अर्ब रुपियाँले बढी हो ।

खर्च पनि उल्लेख्य बढ्यो

दुई महिनामा सरकारको खर्च पनि गत वर्षको तुलनामा उल्लेख्य बढेको छ । कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ९९ अर्ब ८३ करोड रुपियाँ खर्च गरेको छ जुन गत आवको सोही अवधिको तुलनामा करिब २० अर्ब रुपियाँले बढी हो । गत वर्ष भदौसम्म सरकारले एक खर्ब ८० अर्ब ८१ करोड रुपियाँ खर्च गरेको थियो ।

कुल खर्चमध्ये चालु प्रकृतिको खर्च मात्रै एक खर्ब २२ अर्ब रुपियाँ रहेको छ । त्यस्तै पुँजीगततर्फ सात अर्ब ६६ करोड ४८ लाख रुपियाँ खर्च भएको कार्यालयको विवरण छ । ऋण भुक्तानीका लागि प्रयोग हुने वित्तीय व्यवस्थातर्फको खर्च भने ७० अर्ब १३ करोड रुपियाँ पुगेको छ जुन गत आवको भदौसम्म करिब ६० अर्ब रुपियाँ थियो ।

विकासनिर्माणका कामलाई गरिने पुँजीगततर्फको खर्चभन्दा सरकारले लिएको ऋण तिर्नलाई हुने खर्च पछिल्ला वर्षमा बढ्दै गएको देखिन्छ ।

त्यसो त भदौसम्म पनि सरकारको खर्चमा नौ अर्ब ७० करोड रुपियाँ अपुग देखिन्छ । यस्तो अपुग खर्चका लागि सरकारले ऋण लिएको स्रोत व्यवस्थापन गर्छ । सरकारले चालु वर्ष पहिलो महिना अर्थात् साउनमै आन्तरिक ऋण उठाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ