दोर्दीका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

लमजुङ, साउन १२ गते ।  लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले विभिन्न चार ठाउँबाट आइतबारदेखि निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको हो । दोर्दीको वडा १ को भारते, वडा २ को अर्चलबोट, वडा ३ को लामाबगर र वडा ४ को नौथर शेराबाट निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम […]

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि …

अदानचुली (हुम्ला), साउन  ११ गते । कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो,“ कामीको जिल्ला […]

मोटर गुड्ने पुल बगेपछि स्ट्रेचरमा बिरामीको उद्धार

फुङलिङ, साउन ११ गते । बाढीलेमोटर गुड्ने  पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा स्ट्रेचरमा बोकेर बिरामीको उद्धार गरिएको छ । फक्ताङलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको बेलिब्रिज तथा अस्थायी काठेपुल बाढीले बगाएका कारण स्थानीयले बोकेरै बिरामीको उद्धार गरेको हो । फक्ताङलुङ गाउँपालिका –५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल र तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति […]

विपन्न गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा

कल्याणपुर (सप्तरी), साउन २ गते । सप्तरीको महदेवा गाउँपालिकाले विपन्न परिवारका गर्भवती महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि विपन्न परिवारका गर्भवती महिला तथा दुर्घटनामा परेका व्यक्ति लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । यस गाउँपालिका क्षेत्रभित्रका विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुको लागि […]

उठ्न सक्छ वार्षिक चालिस अर्ब

काठमाडौँ, साउन १ गते । मकवानपुरका गोपाल शर्मा निरन्तर मधुमेह (सुगर) को औषधी सेवन गर्नुहुन्छ । यसबाहेक उहाँले कोलेस्ट्रोलको औषधी सेवन गरिरहनुभएको छ । सुगर मात्र होइन, उहाँलाई प्रोस्टेट रोग पनि छ । यी औषधी सेवन गर्नका लागि तीन हजार रुपियाँ मासिक लाग्ने गर्दथ्यो । शर्माले स्वास्थ्य बिमा गराउँदा उहाँले सेवन गर्ने औषधी निःशुल्क रूपमा पाइरहनुभएको छ । शर्माले यसअघि […]

मणिपालले सबै प्रकारका क्यान्सरको उपचार गर्ने

पोखरा, असार २९ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो । अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक […]

स्वास्थ्य बीमा सुधारमा ऐतिहासिक कदम : ८ गम्भीर रोगका लागि २ लाखसम्मको उपचार सुविधा

काठमाडौँ ,असार २५ गते। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सरकारले साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगहरूका बिरामीलाई प्रत्यक्ष राहत दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। सरकारको पूर्व प्रतिबद्धता अनुसार अबदेखि क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाख रुपैयाँसम्मको निःशुल्क […]

तीन वर्षपछि बन्दीपुर अस्पतालमा गर्भपतन सेवा

तनहुँ, असार १९ गते ।  तीन वर्षपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ । सेवा सुरु भएसँगै गर्भपतन गराउनुपर्ने अवस्थामा टाढा धाउनु पर्ने र शुल्क तिर्नु पर्ने बाध्यता हटेको छ । बन्दीपुर गाउँपालिका–६ को महिलाको सुरक्षित गर्भपतन गराई सेवा सुरु गरिएको अस्तालले जनाएको छ । उपकरण, उपचार कक्ष […]

अाजकाे माैसम यस्ताे रहने

काठमाडौं ,असार १७ गते । मंगलबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। […]

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ। उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल