बजेट पनि ठोस होस् : एमाले

ललितपुर, वैशाख २२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आगामी जेठ १५ गते ल्याउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा धेरै व्यवस्थित चुस्त र दिशानिर्देशको हिसाबले उत्कृष्ट रहेको […]

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल

काठमाडौँ, वैशाख २१  गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी हुनुहुन्छ ।

जनताले चुनेको यो शासन व्यवस्थाको विकल्प छैन : सचिव बिष्ट

चन्द्रपुर (रौतहट), बैशाख १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले जनताले जनताको लागि चुनेको शासनको बिकल्प नरहेको बताउनुभएको छ । राजा फर्काउन राजावादीको प्रयास सफल नहुने उहाँको भनाइ छ । रौतहट सदरमुकाम गौरमा नेकपा (एमाले) गौर नगर कमिटीको अधिबेशनमा बोल्नु हुँदै सचिव बिष्टले चैत १५ गते राजा  फर्काउने नाममा  हिंसात्मक  हर्कत गर्नेलाई सरकारले […]

विदेशका नेपाली हाम्रा लागि सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडौँ, वैशाख १८ गते । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेत्री डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताउनु भएको छ । कांग्रेसको जनसम्पर्क समिति समन्वयले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताउनु […]

‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण

काठमाडौँ, वैशाख १६ गते  ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालको विकासका लागि बोक्नुभएको समाजवादी चिन्तनको सार्थक कार्यान्वयनको विषयमा लेखिएको पुस्तक ‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण गरिएको छ । बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, डा. शेखर कोइरालालगायतले पुस्तक लोकार्पण  गर्नुभयो ।  पूर्वराष्ट्रपति डा. यादवले बिपी कोइरालाको […]

बजेटमार्फत नीतिगत स्थायित्व कायम गर्न निजी क्षेत्रको माग

काठमाडौँ, वैशाख १६ गते ।  सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको अन्तिम चरणमा लागिरहेका बेला निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले सत्ता साझेदार दल नेपाली कांगे्रसलाई बजेटमा समेट्नुपर्ने विषयवस्तुबारे सुझाव दिएका छन् । आगामी बजेटबारे नेपाली कांग्रेसको उद्योग विभागले सोमबार राजधानीमा बजेट अन्तर्क्रियामा कार्यक्रम गरी उनीहरूको नीतिगत स्थिरता तथा उद्योगीको हौसला विस्तारलगायतका सुझाव दिएका हुन् […]

विपिन जोशीको रिहाइमा प्रयासरत : इजरायली राजदूत

चौमाला (कैलाली), वैशाख १५ गते । नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताउनुभएको छ । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये आठ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि […]

कश्मीर आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

सुनसरी, वैशाख १५ गते । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता […]

पत्रकार मिश्रमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, वैशाख १० गते । राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुर्व्यवहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भर्सना गरेको छ । प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरामा सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित […]

मुख्यमन्त्री आचार्यद्वारा बजेट जनमुखी बनाउन निर्देशन

दाङ, वैशाख १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बजेट तर्जुमासम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना समेट्नुपर्ने धारणा राख्नुभएको हो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल