फतुवाविजयपुरका नगर प्रमुख यादवको सजाय सर्वोच्चबाट पनि सदर

रौतहट, असोज ७ गते । रौतहटको फतुवाविजयपुर नगरपालिकाका निलम्बित नगर प्रमुख गोपालराय यादवको सजाय सर्वोच्च अदालतबाट पनि सदर भएको छ । लालबकैया नदीको ढुङ्गा, गिट्टी र बालुवा ठेक्का प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध निलम्बित यादवले दायर गर्नुभएको पुनरावेदन सर्वोच्च अदालतले सोमबार अस्वीकार गरेपछि उहाँलाई सुनाइएको तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना कायम भएको छ […]

सार्वजनिक शिक्षा सुधार्न विद्यालय अनुगमन तीव्र

फुङ्लिङ (ताप्लेजुङ), असोज ५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि विद्यालयको पठनपाठन र विद्यार्थीको सिकाइ अवस्थाको अनुगमनलाई तीव्र बनाएको छ । गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) आफैँ विद्यालयका कक्षाकोठामा पुगेर अनुगमनमा सक्रिय हुनुभएको हो । गाउँपालिकाका ४० वटै विद्यालयमा सञ्चालन भइरहेको अनुगमनमा शैक्षिक सामग्रीको प्रयोग, शिक्षक तथा […]

कर सम्बन्धी सेवा अब नगरपालिकाबाटै

पश्चिम नवलपरासी, असोज ४ गते ।  नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने भएको छ । राजस्व तथा कर सम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न जिल्लामा पहिलो पटक बर्दघाट नगरपालिकाले कर प्रणाली सम्बन्धी सेवा सुरुवात गर्न लागेको हो । जसका लागी बर्दघाट नगरपालिका र आन्तरिक राजस्व कार्यालय, […]

तिनाउ किनारका बस्ती, विपत् जोखिम पहिचान गरिँदै

बुटवल, भदौ ३० गते । बुटवल उपमहानगरपालिकाले तिनाउ नदी आसपासका बस्तीको जोखिम पहिचान गरी विपत् पूर्वतयारीको योजना अघि बढाउने भएको छ । बर्खायाममा तिनाउ नदीमा पानीको बहाब बढ्दा बुटवलका नदी किनारका बस्तीमा बाढी तथा डुबानको जोखिम रहने भएकाले सम्भावित जोखिमको अवस्था पहिचान गरी आवश्यक सुरक्षा योजना बनाउने तयारी उपमहानगरपालिकाले गरेको हो । उपमहानगरपालिकाले वडा तहबाटै जोखिमयुक्त क्षेत्रको […]

भोटेकोशी बाढीपछि पालुङटारमा बिहीबार शोक बिदा

सुलीकोट (गोरखा), भदौ १८ गते । गोरखाको पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीपहिरोमा परी पालुङटार नगरपालिकाका गोसाइँकुण्ड तीर्थयात्री केही बेपत्ता तथा केहीको शव फेला परी दाहसंस्कारसमेत भइसकेपछि नगरपालिकाले बिहीबार शोक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार गत साउन १० गते रसुवाको भोटेकोशी […]

भोटेकोशी बाढीपीडितका लागि महालक्ष्मीले ४१ लाख सहयोग गर्ने

हिले, भदौ १८ गते ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपियाँसहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपदबाट प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय […]

रसुवा बाढीपीडितका लागि राहत बोकेर बुढानीलकण्ठको टोली धुञ्चेतर्फ

काठमाडौं , भदौ १७ गते। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर बुढानीलकण्ठ नगरपालिकाको टोली रसुवा प्रस्थान गरेको छ । नगरपालिकाका विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरिएका राहत सामग्री बोकेका तीनवटा गाडी बुधबार वडा नं. ३ का अध्यक्ष आकाश धिताल र सदस्य विकास तामाङको नेतृत्वमा रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेकाे  हाे । […]

भोटेकोशी बाढीपीडितका लागि गोकर्णेश्वर ५ बाट १ लाख ७८ हजार सहयोग

काठमाडौं, भदौ १७ गते। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका […]

रसुवा बाढीपीडित सिन्धुपाल्चोकवासीलाई नगद राहत

सिन्धुपाल्चोक, साउन १७ गते । साउन १० गते आएको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन सिन्धुपाल्चोकवासीका परिवारलाई स्थानीय तहले नगद राहत दिने घोषणा गरेका छन्। बाह्रबिसे नगरपालिकाले आफ्ना नगरवासीको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका प्रतिपरिवारलाई एक लाख १५ हजार रुपियाँका दरले नगद राहत प्रदान गर्ने भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। […]

रसुवा बाढीपीडित दुई विद्यार्थीको पढाइको जिम्मा बुढानीलकण्ठ नगरपालिकाले लियो

काठमाडौं , भदौ १६गते। रसुवा स्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित दुई जना विद्यार्थीको अध्ययनको सम्पूर्ण जिम्मेवारी बुढानीलकण्ठ नगरपालिकाले लिएको छ। नगरपालिकाले आफ्नो पूर्वघोषणाअनुसार ती विद्यार्थीलाई नगरपालिकाभित्रका विद्यालयमा भर्ना गराएको हो। विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् र उनीहरूको शैक्षिक भविष्यमा अवरोध नआओस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक शैक्षिक सहयोगसहित अध्ययनको जिम्मेवारी लिएको जनाएको छ। बाढीका कारण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ