काठमाडौँ, माघ २९ गते । कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो । लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन […]
काठमाडौँ, माघ २९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो […]
काठमाडौँ, माघ २९ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने […]
बबई (बर्दिया), माघ २९ गते । बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति नजिकिँदै गर्दा यस जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा गस्ती सुरु गरिएको […]
नवलपरासी, माघ २९ गते । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि […]
हिले, माघ २८ गते। प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा ओझेलमा परेको छ। पूर्वाधार तथा प्रचारप्रसार भए पनि गुफाले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेको छैन। करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा करिब १५० मिटर लामो गुफा मुख्य आकर्षणका रूपमा रहेको छ। त्यस्तै, साना–ठूला गरी एक दर्जनभन्दा बढी […]
सिँजा (जुम्ला), माघ २८ गते । हिमाली जिल्ला जुम्लाका किरब ३० प्रतिशत मानिसहरु जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । मङ्सिरदेखि चैत महिनासम्म हिउँ पर्ने जुम्लामा मानिसहरु जाडो छल्न तथा विभिन्न व्यापार व्यवसायका लागि तराईमा झरेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनुभयो । उहाँले जुम्लाका मानिसहरुको घर नेपालगञ्ज र सुर्खेतमा पनि भएको […]
गौशाला (महोत्तरी), माघ २८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिनुभएको छ । महोत्तरी क्षेत्र नं १ को पार्टीको प्रचार प्रसार कार्यालय बर्दिवासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले आगामी पाँच वर्ष देश निर्माणको जिम्मेवारी कांग्रेसलाई दिन जनतासमक्ष आग्रह […]
इनरुवा, माघ २८ गते । नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु-याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै […]
स्याङ्जा, माघ २८ गते । पुतलिबजार नगरपालिका वडा नं –१ मा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी चैत १ देखि ३ गतेसम्म प्रतियोगितामा चल्नेछ । जिल्ला खेलकुद विकास समितिको आयोजना गरिएको प्रतियोगितामा यहाँका ११ पालिकाका खेलाडी सहभागी हुने छन् । पालिका स्तरीय प्रतियोगतामा छनोट भएका खेलाडी यो प्रतियोगितामा […]