काठमाडौँ, साउन १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गएको आर्थिक वर्षमा सन्तोषजनक प्रगति हासिल गरेको बताइएको छ । आव २०८२/८३ मा मन्त्रालयको कुल बजेट ८४ अर्ब ३३ करोडमध्ये ५२ अर्ब २८ करोड रुपियाँ खर्च भएको छ । मन्त्रालयको वित्तीय प्रगति करिब ६२ प्रतिशत र भौतिक प्रगति ७१.३५ प्रतिशत पुगेको छ । शुव्रmबार सम्पन्न आव २०८२/८३ को […]
काठमाडौँ, साउन १५ गते । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) परीक्षा स्थगित भएको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले मधेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको हो। व्यवस्थापन संकाय, डीनको कार्यालयले पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुन लागेको एमबीएस दोस्रो तहको MKT 511: Marketing Management विषयको […]
डडेलधुरा, साउन १५ गते । सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित नवदुर्गा गाउँपालिका–४ को गिल्लागाउँमाथि एउटा रहस्यमय गुफा रहेको छ । जसले स्थानीयवासी मात्र नभएर त्यहाँ पुग्ने जोकोहीको जिज्ञासा बढाउने गरेको छ । सेती नदीको किनारमा फैलिएको विशाल र सुन्दर फाँटबिच अवस्थित गिल्लागाउँमाथिको डाँडामा रहेको यो गुफालाई स्थानीयले खार गुफा नाम दिएका छन् । यो प्राकृतिक रूपमा बनेको मानिन्छ । गुफाभित्र प्रवेश […]
काठमाडौँ, साउन १५ गते । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित अस्पतालको दुई तले अपरेसन थिएटर भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। उक्त भवन भारत […]
काठमाडौँ, साउन १५ गते । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् । उक्त […]
काठमाडौँ, साउन १५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु […]
काठमाडौँ, साउन १५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ, साउन १४ गते । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपियाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको आयोगको २७ औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपियाँ […]
काठमाडौँ, साउन १४ गते । सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका सहित नौ दलले पारस्परिक भाइचारा र सामाजिक सद्भाव खलबल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासीलाई अपिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सम्पन्न सर्वदलीय बैठकले सामाजिक सद्भाव र शान्तिका लागि अपिल गर्दै आवेग र मुठभेडले समस्या […]
दाङ, साउन १४ गते । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत […]