alliance khabar

बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ, भदौ ३ गते ।

गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोध्नुभएको प्रश्नको जवाफ दिनुभएको हो ।

मन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिलाई लाभ प्राप्त हुने कानुनी व्यवस्था रहेको बताउँदै एकभन्दा बढी व्यक्तिलाई लाभ प्रदान गर्न विपद् अघि नै अंशबण्डा भएको हुनुपर्ने र अलग बसेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त व्यवस्था संशोधन गर्न र स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र काम अघि बढेको बताउनुभयो ।

मन्त्री गुरुङले स्थानीय पालिका भवन निर्माण संहिता पालनाको व्यवस्था रहेको बताउँदै आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गर्नुभयो । साथै उहाँले विपद् व्यष्वस्थापन कार्य तीनै तहका सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै सोहीअनुसार समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ