alliance khabar

बुधबार, भाद्र ०३, २०८३

काठमाडौँ, भदौ ३ गते ।

 जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार राति कोशी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मघेगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बिहीबार  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

शुक्रबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ