त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ, पुस २८ गते ।  महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो । वि.सं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ […]

१४ करोडको अस्पताल भवन अलपत्र

भारदह(सप्तरी), पुस २४ गते ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ३ सकरपुरामा सुविधा सम्पन्न १५ शय्याको अस्पताल भवन निर्माण भएको डेढ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । ०७९ वैशाख २१ मा सम्झौता भई १४ करोडको लगानीमा २०८१ वैशाख १४ गते अस्पतालको भवन निर्माणको काम सम्पन्न भइसक्दा समेत अस्पताल सञ्चालनमा ल्याउन नसकेको हो । सुविधा […]

चिसो बढेपछि दुई दिन विद्यालय बन्द

उर्लाबारी, पुस २४ गते ।  अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ । केही दिन यता तराईमा शीतलहर चलिरहेको छ । यस्तो अवस्थामा बालबालिकालाई विद्यालय आउन जान समस्या हुने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले सञ्चित बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालय बन्द गरिएको […]

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की, पुस २३  गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर […]

बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम

बुटवल (रुपन्देही), पुस २३ गते ।  बुटवल उपमहानगरमा सञ्चालन भएको बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रमबाट ज्येष्ठ नागरिकले घरमै सेवा पाउन थालेपछि खुसी भएका छन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधीसमेत उपलब्ध गराउँदै आएका छन् । त्यसै गरी स्वास्थ्यको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई थप उपचार गर्नुपर्ने भएमा सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाउनेसमेत […]

गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार

बागलुङ (गलकोट), पुस २० गते ।  धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ एसएनसियुलाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ एनआइसियुमा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धी हासिल गरेको छ । यसरी स्तरोन्नत भएको एनआइसियुमा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरी जीवन रक्षा गरिएको छ । यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक […]

विद्यार्थी र ज्येष्ठ नागरिकालाई न्यानो कपडा

हिले, पुस १७ गते ।  चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो । पालिकामा रहेको ३९ विद्यालयका कुल एक हजार नौसय ३७ विद्यार्थीलाई वितरण गर्न लागिएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । हालसम्म २५ विद्यालयका […]

स्वास्थ्य संस्थालाई लाखौंको सामग्री सहयोग

बागलुङ, पुस १६ गते । बागलुङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौं रुपियाँका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ आम नागरिकको स्वास्थ्यमा सहयोग पुर्‍याउने लक्ष्यसाथ फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका परियोजना व्यवस्थापक समिता पुनले बागलुङ नगरपालिकाका […]

स्वास्थ्य सेवा निःशुल्क बनाइने

बुटवल, पुस ११ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौँ केन्द्रीय महाधिवेशनको बिहीबार रुपन्देही तिलोत्तमामा उद्घाटन गर्दै कांग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएको हो । […]

जन्मसँगै सिकलसेल परीक्षण

जमुनाह (बाँके), पुस ११ गते । भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल