हुम्ला अस्पतालमा बायोमेडिकल ल्याव स्थापना

हुम्ला, मङ्सिर २५ गते । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि आवश्यक उपकरणका मर्मतका लागि उक्त ल्याव स्थापना गरिएको हो । अस्पतालमा प्रयोग हुने उपकरणका लागि मर्मत गर्न अति आवश्यक पर्ने बायोमेडिकल ल्याव स्थापना भएर सुचारु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख […]

धौलागिरी अस्पतालको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त

बागलुङ (गलकोट), मङ्सिर २४ गते ।  बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले नियुक्ति गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्का प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिनुभयो । प्रवक्ता […]

योग शिक्षा विस्तार गर्न गाउँ–गाउँमा प्रशिक्षक उत्पादन गर्दै मनमोहन विश्वविद्यालय

विराटनगर, मङ्सिर २२ गते । कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी […]

६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर, मंसिर २० गते । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। लायन्स क्लब अन्तर्रास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५ का क्लबको आयोजनामा वरिष्ठ विशेषज्ञ डाक्टरहरुको उपस्थितमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३ सय ९ जना पुरुष र […]

गाईको पेटबाट निकालियो किलाकाँटी

फिदिम,मङ्सिर १९ गते । पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका-२ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो । कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प […]

‘नयाँ दृष्टिकोणबाट काउन्सिललाई अघि बढाउने प्रतिवद्धता’

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका छन् । स्वास्थ्य खबर फाउन्डेसन र हेल्थ कन्सर्नको आयोजनामा नेपाल मेडिकल काउन्सिल : ‘नवीन नेतृत्व, नयाँ दृष्टिकोण’ शीर्षकमा अन्तरसंवाद कार्यक्रममा काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका  हुन । आगमी पुसमा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदका […]

स्तन जोगाएर स्तन क्यान्सरको उपचार

जमुनाह (बाँके), मङ्सिर १५ गते । अब स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा यस्तो प्रविधि सुरु गरिएको हो । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधि विकास भएको छ । यसलाई मेडिकल भाषामा ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ भनिन्छ । […]

जाजरकोटमा आयुर्वेद तथा चिकित्साप्रति चासो बढ्दै

जाजरकोट, मङ्सिर १० गते । जाजरकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति जनचासो तीव्र रूपमा बढ्दै गएता पनि सरकारले बेवास्ता गरेको पाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा सम्पन्न उक्त समीक्षा कार्यक्रममा जिल्लास्थित आयुर्वेद औषधालय, नागरिक आयोग्य केन्द्र र  सरोकारवालाहरूको सहभागिता रहेको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  जाजरकोटका  प्रमुख डा. सुरदर्शन पोखरेलका अनुसार […]

पाँच लाख तिर्न नसक्दा एक महिनादेखि अस्पतालमै

भारदह(सप्तरी), मङ्सिर १० गते । अस्पतालको पाँच लाख तिर्न नसक्दा सप्तरीका एक बिरामी अस्पतालबाट घर फर्किन सकेका छैन । राजविराज नगरपालिका ७ का ५४ वर्षीय अनिरूद्ध प्रसाद देवले उपचार खर्च अस्पतालमा तिर्न नसक्दा अस्पतालबाट घर फर्किन नसक्नुभएको हो । डेढ महिना अगाडि देवलाई नम्बर नखुलेको सवारीसाधनले तिलाठी कोइलाडी गाउँपालिकामा ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियोे […]

चिसापानी अस्पतालमा क्षयरोग स्क्रिनिङ कार्यक्रम

पश्चिम नवलपरासी, मङ्सिर १० गते ।  पश्चिम नवलपरासीको चिसापानी अस्पताल, बर्दघाटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा क्षयरोगको उच्च जोखिममा रहेका कर्मचारीहरूका लागि क्षयरोग स्क्रिनिङ कार्यक्रम भएको छ । विराट नेपाल मेडिकल ट्रष्टअन्तर्गतको  परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रम  गरेको हो  ।  स्वास्थ्य कार्यालय, पश्चिम नवलपरासीका प्रमुख अंगदबहादुर शाहीका अनुसार, यो पहल स्वास्थ्य संस्थाभित्रै क्षयरोगको जोखिम नियन्त्रण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल